
भक्तपुर, २५ असार । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीलनगरपालिका भित्रका कुनै पनि नागरिकलाई नगरपालिकाले कुनै विभेद नगरी आमनागरिकको जीवनस्तर उकास्ने गरि अगाडि बढेको बताउनु भएको छ ।
चाँगुनारायण नगरपालिका वागिश्वरीमा बुधार आयोजना गरिएको दलित लक्षित कार्यक्रम अन्तर्गत बिभिन्न उपकरणहरु हतान्तरण गर्दै उहाँले विभेदको कनै राजनीति नगरपालिकामा नपस्ने बताउनुभयो ।
उहाँले नगरपालिकाले वितरण गर्ने विकासका कार्यक्रम, आयोजना, सीप मूलक तालिमदेखि उपकरण हस्तान्तरासम्ममा लक्षित कर्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको बताउदै दलितलाई पनि विभेद नगरी समान व्यबहार गरर उनीहरुको सीप विकासमा सहयोगी बन्दै आएको बताउनुभयो ।
नगरपालिकाले आफ्ना नगरवासीहरुलाई कुनै पनि जातीजाति, लिङ्ग, भूगोल कुनै पनि क्षेत्रमा कुनै विभेद नगरी समग्र विकासलाई समान रुपमा अगाडि बढाएको बताउदै नगरपालिकाको समग्र विकासमा सबै एक भएर होस्टमा हैसे गदै लाग्नु पर्ने बताउनु भयो । गतका तुलनामा नगरपालिकाले विकासमा फड्को मारेको बताउदै सीप तालिमलाई र प्राप्त प्रबिधिलाई सही सदुपोग गर्दै आर्थिक उन्नतीमा लाग्न उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख खत्री र वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठले संयुक्त रुपमा दलित लक्षित कार्यक्रम शिर्षकमा बिनियोजन रकमबाट साविक बागेश्वरी १ को बस्तीमा बसोबास गर्ने वासिन्दालाई लुगा सिलाउने मेशिन , जुकि मेशिन, फलाम काट्ने मेशिन, पानी तान्ने मेशिन, वेल्डिङ्ग मेशिन र खानेपानी समस्यालाई समाधान गर्न एक एक थान पानी ट्याङकी वितरण गर्नुभयो ।
आफ्नो सीप र पेशा अनुसार आबश्यक सामान बितरण गर्न टोल मै गई प्रत्यक्ष भेट गरि दलित लक्षित कार्यक्रम अन्तर्गत सामग्रीहरु पाउँदा स्थानीयहरु खुसीले प्रशसन्न देखिएका थिए ।