भक्तपुर, २९ असार : चाँगुनारायण मन्दिरको उत्तरपट्टिको सत्तलको छेडोबाट सेतो क्यान्भासमा चर्चित कलाकार मुकेश श्रेष्ठ रंग पोत्न व्यबस्त देखिन्थे । अन्तर्राष्ट्रियस्तरमै ख्याती कमाइसकेका सूर्यविनायक नगरपालिका–१ सिरुटारवासी श्रेष्ठको क्यान्भासमा रंग पोत्न थालेको यो पहिलो दृश्य भने होइन । विश्वमा नेपाल चिनाउने हजारौं क्यान्भासमा चित्र कोरिसक्नु भएका ४० वर्षीय मुकेशले एउटै चित्र २७ लाख रुपैयाँसम्ममा बिक्री मात्रै गरेनन् बिभिन्न सातवटा देशमा नेपाल चिनाउने सयौं चित्रहरु प्रर्दशनी गरिसक्नु भएको छ ।
उनै श्रेष्ठले मन्दिरको काँखमा बसेर चाँगुनारायण नगरपालिका–१ स्थित मनोहरा फाँटमा देखिएका सुन्दर दृश्यहरुलाई क्यान्भासमा उतारेपछिको दृश्य अझै सुन्दर र मनमोहक देखिन्थ्यो । कलाकार मुकेशकै छेउँमा मध्यपुरथिमि नगरपालिका वाडे निवासी जुजुभाई वाँस श्रेष्ठ त्यसै गरि क्यान्भासमा चित्र उतार्न तल्लिन देखिनु हुन्थ्यो ।
प्रत्येक वर्ष बैशाख २ गते बोडेमा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आठ पटक जिब्रो छेडाएर प्रसिद्ध कमाउनु भएको जुजुभाईको अर्को पहिचान चित्रकार पनि हो भन्ने धेरैलाई थाहा नहुन सक्छ । धार्मिक सम्पदा, ऐतिहासिक एव नेपाली जनजिवन झल्कने चित्र कोर्दै आउनु भएका उहाँले चाँगुनारायणमा मन्दिरको छेडेमा बसेर चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वतीखेलमा रहेको प्रसिद्ध सरस्वती मन्दिरलाई क्यान्भासमा उतार्नु भयो ।
पाठ्यक्रम विकास केन्द्रको नोकरीसंगै चित्रमै प्रसिद्धि कमाउनु भएका भक्तपुर नगरपालिका खौमाका अर्का कलाकार दिपेन्द्रमान बनेपालीले क्यान्भास रंग्याउँदै तामाङ्ग सेलो गीतमा डम्बु बजाउँदै नृत्य गरेको आकर्षक चित्र उतार्दै गर्दा नजिकै चाँगुनारायणकै स्थायी निवासी सरोज लामिछानेले नगरकोट क्षेत्रमा पर्यटकमाझ चर्चित बनेको रानीझुला (लामो झोलुङ्गे पुल)लाई क्यान्भासमा उतार्दा निकै आकर्षक देखियो ।
स्थानीय कलाकार अञ्जन अधिकारीले बाँस्तोला गाउँको भूकम्प अगाडिको होमस्टेलाई हुबहु उतारेर इतिहासलाई जिवन्त बनाउनुभयो । भूकम्पले भत्काए पछि पुरानो स्वरुप हटाएर बास्तोला गाउँको आधुनिक र ढलान घरमा देखिने होमस्टेलाई नभई पुरानो स्वरुपको होमस्टेलाई आकर्षक रुपमा चित्रमा उतार्नु भयो ।
चाँगुनारायण मन्दिर क्षेत्रमै छरिएर चित्र कोर्न व्यबस्त देखिनु भएका पर्वत श्रेष्ठले सरस्वती स्थानमा रहेको महामञ्जुश्री मन्दिर, अशुराम खाईजुले नगरकोट भ्यू प्वाइन्ट, मंगलकृष्ण प्रजापतिले माउण्टेन रेञ्ज, राजन श्रेष्ठले ज्योतिर्लिङ्गेश्वर महादेव मन्दिर, रामशरण प्रजापतिले चाँगुनारायण मन्दिर, गौरीमाया कोजुले बाल्मिकेश्वर महादेव मन्दिर, दिपेशमान सिंप्रधानले वोझिनी ड्यामलाई चित्रमा निकै आकर्षक रुपमा उतार्नु भयो । कलाकार झलक केसीले चाँगुनाराण मन्दिर, चन्द्रा श्रेष्ठले तामाङ जनजिवन, राधेश्याम कर्माचार्यले त्रिपुरासुन्दरी, किशोर नकर्मीगौतमले बुद्धलगायत बिभिन्न चित्रहरु क्यानसमा उतार्नु भयो ।
आज भानु जयन्ती कला र साहित्यको महोत्सवमय :
विश्व सम्पदा सूचीँमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिरमा आज असार २९ गते भानु जयन्तीको अवसर पारेर चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको ‘चाँगुनारायण कला, कलामा साहित्य महोत्सव’ निकै आकर्षक देखिन्थ्यो । कलाकारले चाँगुनारायण क्षेत्रका धार्मिक, ऐतिहासिक सम्पदाहरुको चित्र कोर्ने मात्रै होइन, काठमाडौं राजधानी शहरबाट बिहान ९ बजे चाँगुनारायण मन्दिर परिसर पुग्नु भएका राष्ट्रियस्तरमा ख्यातीप्राप्त वरिष्ट कवि एवं साहित्यकारहरुको जमघटले थप आकर्षित बनाएको थियो ।
पहिलो पटक मन्दिर पुग्नु भएका धेरै साहित्यकारहरुले कुन सम्पदाको कविता कोर्ने भन्ने छलफलसंगै मन्दिरको सेरोफोरोमा बाधिएर कापीमा कलमले कविाताका लाइनहरु कोर्न थाल्नुभयो । अनि बग्न थाल्यो कापीका सेता पानामा काला अक्षरका हरफहरु जसरी कलाकारले क्यान्भासमा चित्र कोरेर सरसर रंग पोत्दा देखिएका आकर्षक दृश्य जस्तै कविहरुका रचनाले पहिलो पटक चाँगुनारायण पनि फुरुङ्ग बन्यो ।
नेपालकै पुरानो ऐतिहासिक धरोहर एवं आस्थाका केन्द्रको रुपमा रहेको धार्मिक स्थल चाँगुनारायण र यहाँको सम्पदालाई विश्वमाझ पुर्याउँदै विश्वका पर्यटकको पहिलो रोजाई बनाउन आयोजना गरेको नगरपालिकाले भ्रमण वर्ष अन्तर्गत सञ्चालन गरेका चित्रकला महोत्सवमा कोरिएका चित्रहरुको प्रर्दशर्नीले चाँगुनारायण आएका विदेशी तथा स्वदेशी पर्यटक एवं पाहुनालाई मात्रै नभई स्थानीयहरुलाई समेत प्रर्दशर्नीमा राखिएका चित्रहरुले नौलो अनुभूति दिइरहेको थियो ।
चाँगुनारायण मन्दिको प्राङ्गनमा चित्र हेर्दै कोरेका कविताहरुलाइ चर्चित कविहरु डा सुलोचना मानन्धर, पुरु लम्साल, स्नेह सायमी, श्रवण मुकारुङ, नारायण श्रेष्ठ, गिता त्रिपाठी, मणी लोहनी, अभय श्रेष्ठ, सन्ध्या पहाडी, राधिका कल्पित, हरिहर तिमिल्सिना, विमला तुम्खेवाले कविता वाचन गर्नु हुनेछ ।
त्यस्तै विना थिङ, लक्ष्मी माली, जुनु घिमिरे, दधिराम गेलाल, लक्ष्मी रुम्वा, लक्ष्मी थापा, प्रगति राई, अनन्त वाग्ले, धर्मेन्द्र विक्रम नेम्वाङ, दिपक सापकोटा, गुरुङ्ग सुशान्त, अमन प्रताप अधिकारी, सिता तुम्खेवा, स्वप्तिन स्मृती, डा. सरोज धिताल, नरेन्द्रकुमार गेलाल, अप्सरा लावती, विप्लव प्रतिक, रामशरण न्यौपान, रामगोपाल आसुतोष र कविराज घिमिरेले कविता वाचन गर्नु हुनेछ ।
उहाँहरुले चाँगुनारायणका सम्पदा एवं पर्यटकीय क्षेत्रहरु चाँगुनारायण मन्दिर, ज्योतिर्लिङेश्वर, मत्स्यनारायण, नगरकोट भ्याली भ्यू, विष्णु नारायण, तामाङ समुदायको सांस्कृतिक नृत्य, त्रिशुल, रानीझुला, महामञ्जुश्री, बाल्मिकेश्वर, मुहान पोखरी, बोझिनी ड्याम, बाँस्तोला गाउँ होमस्टे, सरस्वती मन्दिर, मनोहराफाँटलगायतका बिभिन्न चित्रलाई कवितामा उतार्नु भएको थियो ।
मन्दिर प्राङ्गनमा कारिएका चित्र र कविताका संगमलाई नियाल्दै मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले चाँगुनारायण पहिलो पटक कला र साहित्यको मिलन बिन्दु बनेर उत्सव मनाउदाँ फुरुङ्ग बनेको बताउनुभयो । अरुले नियमित कर्म नै हुन् तर पहिलो पटक चाँगुनारायण नगरपालिकाले आयोजना गरेको कला र साहित्यको संगमले चाँगुनारायणको वर्णन चित्र र शब्दमा पाउँदा नौलो अनूभूति भएको बताउनु भयो । यस्ता कार्यक्रमको चर्चाले नै सम्पदाको पहचिान बढ्ने र पर्यटकलाई आकर्षित गर्ने उहाँले बताउनुभयो ।
प्रचारको दृष्टिकोणले चाँगुनारायण निकै पछाडि परेको बताउदै चाँगुनारायण मन्दिर परिसरमा रहेको किलेश्वर महादेव मन्दिरका पुजारी शंकर भट्टले चाँगुनारायणको ऐतिहासिक, धार्मिक पक्षलाई विश्वमाझ प्रचारका रुपमा फैलाउने हो भने विदेशी पर्यटकको घुईचो लाग्ने उहाँको बुझाई छ । चाँगुनारायण मन्दिर देशकै उत्कृष्ठ धरोहर भएकाले यसको संरक्षण, सम्बद्र्धन र प्रचारका लागि स्थानीयसरकारले मात्रै नभई प्रदेश र केन्द्रीय सरकारले पनि चासो दिनु पर्ने उहाँले बताउनुभयो ।
नेपालकै पुरानो ऐतिहासिक संरचना र धार्मिक धरोहरका रुपमा रहेको चाँगुनारायण र यहाँको सम्पदालाई विश्वमाझ पुर्याउँदै विश्वका पर्यटकको पहिलो रोजाई बनाउन नगरपालिकाले भ्रमण वर्ष आयोजना गरेको नगर प्रमुख जीवन खत्रीले बताउनुभयो । त्यसै भ्रमण वर्षको अवसरमा चाँगुनारायणको प्रचारप्रसार र यसको महत्व विश्व माझ पुर्याउने लक्ष्यक कला र साहित्य महोत्सवले पुरा गर्ने विश्वास रहेको उहाँले बताउनुभयो ।
नगर प्रमुख खत्रील भन्नुभयो, ‘कलाकारले उतारेका चाँगुनारायण भित्रका सम्पदासंगै पर्यटकीय क्षेत्रको चित्रहरुको प्रर्दशनी मात्रै नभएर यो एउटा वरिष्ट कलाकार र साहित्यकारहरुको कला एवं साहित्यिक भ्रमण पनि हो, मन्दिरमा एक पटक पनि नआउनु भएका कलाकार तथा साहित्यकाले आँज मन्दिरको अँगनमा बसेर गहिरो रुपमा मन्दिरलाई नियाल्न पाउनु भएको छ त्यो पनि प्रचार हो, यो महोत्सव नौलो र फरक ढंगले चित्रकारसंग कविलाई जोडदै पर्यटनको आगमनमा टेवा पुर्याउने कडिको रुपमा लिएका छौँ ।’
नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी चाँगुनारायण नगरपालिकाका लागि यो नौलो अभ्यास र उत्कृष्ठ अभ्यास भएको बताउदै चाँगुनारायण आफैले गर्विलो सम्पदा रहेको र कवि तथा कलाकारले यसको प्रचारमा अझै उचाई बढाएको बताउनुहुन्छ । नगरकोट भ्रमण वर्षमा चाँगुनारायणमा नौ वटै वडामा सम्पदास्थलमा पर्यटक पुर्याउने लक्ष्यका साथ सुरु भ्रमण वर्षले १० लाख पर्यटक भित्रयाउन टेवा पुग्ने उहाँको भनाइ छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले चाँगुनारायण मन्दिरको प्राङ्गगनमा उभिएर ईतिहास, धर्म, कला, संस्कृति र सम्पदालाई कलाकारको कची र साहित्यकारको कलमले उतार्नु यो गज्जवको संयोजन भएको बताउदै यस प्रकारका कार्यक्रमले कला, कलाकार, साहित्य र साहित्यकारलाई पनि बडो उत्साह मिल्ने बताउनुभयो ।
चाँगुनारायणको कला, धार्मिक सम्पदा, ऐतिहासिक धरोहरलाई, यहाँका अनगिन्ती पर्यटकीय गन्तव्यलाई विश्व माफ फैलाउन अझै पछाडि परेको अबस्थामा नगरपालिकाले भ्रमण वर्षको आयोजनाले पर्यटकीय गन्तव्यलाई बढाउदै पर्यटकीय बसाईलाई लम्ब्याउने गरि पर्यटकलाई आकषर््िात गर्न भ्रमण वर्ष सफल हुने कूलपति राई बताउनुहुन्छ ।
यस्तो छ चाँगुनारायण मन्दिरएको ऐतिहासिक पक्ष :
नेपालको प्रसिद्ध तिर्थस्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तम्भ समेत रहेको चाँगुनारायण मन्दिरको लिच्छवीकालिन राजा हरिदत्त बर्माले ईसा पुर्व ३२३ मा निर्माण गरको इतिहासमा उल्लेख छ । ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले उत्कृष्ठ मानिएको उपत्यकामा रहेको सात विश्व सम्पदा सुची मध्ये चाँगुनारायाण पनि एक हो । १९६९ मा युनेस्कोले विश्व सम्पदा सुचीमा सुचीकृत गरेको हो ।
चाँगुनारायणलाई चम्पकनारायण, चाँगुनारायण र गरुडनारायण जस्ता नामले पनि चिििनन्छन् । लिच्छवीकालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी रहेको र नेपाल
भाषामा ‘चाँप’ लाई ‘च’ र ‘वन’ लाई ‘गुँ’ भन्ने गरिएअनुसार त्यो शब्द अपभ्रंस भएर चाँगुनारायण हुन गएको हो भन्ने भनाइ छ ।
यस मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त बर्माले गरेका भएतापनि अर्का राजा मानदेवले बि.स. ५२१ म चाँगुनारायण मन्दिरको गरुडको मुर्ति स्थापना गराउनु भएको थयो । चातुष्कोण आकारको दुई तलाको यस मन्दिरमा तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मुर्ति रहेको छ भने यसै तल्लाको चार दिशामा चार ढोकाहरु रहेका छन् ढोकामा गंगा, यमुुना तथा अन्य देवीदेवताका मुर्तिहरु राखिएका छन् । ढोकाहरुको माथी धातुबाट बनेका तोरणहरुमा विभिन्न कलाकृतिहरु कँुदिएका छन् ।
मन्दिरको भित्री गर्भगृहमा गरुडासनमा विराजमा चतुर्बाहु, शङ्ख, चक्र, गदा र पद्मसमेतका आयुधहरु धारण गरेका भगवान नारायण नेर पुाज गरिन्छ भने बौद्धहरुले समेत हरिहर वाहन लोकेश्वरका रुपमा पूजा गर्दै आइरहेका छन् ।
मन्दिरको प्रवेशद्धारमा दायाँबायाँ ढुंगे हात्ति छन् । तीनद्धार मध्ये बीचकोमा ढलौटको तोरण रहेको छ । छानाको कुन एवं अन्य सीमान्त भागमा घण्टहरु एवं दियोहरुले गर्दा मन्दिर शोभायमान देखिन्छ । मन्दिरका टुंडालहरु बहुहस्त भएका देवदेवी एवं झल्लरहरु विशेष किसिमले सजिएको छ । मन्दिर बाहिर ढुंगे चोकहरुमा घण्टाहरु रहेको छ ।
मन्दिरमा १० फिट अग्लो स्तम्भमा ठूलो शंख लगायत विष्णुका अन्य प्रतीक चिन्हहरु राखिएका छन् । धातुकै सानो बारभित्र १७ औँ शताब्दीको भूपतिन्दै मल्ल तथा उनकी रानीको शालिक रहेका छन् । चोकमा मन्दिरभन्दा पर श्रृंखलाबद्ध रुपमा साना मन्दिर तथा प्राचीन मूर्तिहरु रहेका छन् । मन्दिरमा बिभिन्न शताब्दीमा स्थापना भएका अवलोकितेश्वर, गरुड नायरायण, दुर्गा, विष्णुका दुई मूर्ति, सूर्य, शिव लिङ्ग, गणेश, छिन्नमस्त लगायत थुप्रै प्राचिन एैतिहासिक सम्पदाले भरिपूर्ण छ ।
गोपालराज वंशावलीमा उल्लेख भएअनुसार ईस्वीको १४ औँ शताब्दीमा चारनारयण अर्थात काठमाण्डौँ उपत्यका भित्रका चाँगु, इचंगु, शेष र विशंखुमध्ये एक चाँगुनारयाण स्थापना भएको हो । काठमाण्डौँबाट करिब १६ कि.मी पूर्व भक्तपुर जिल्लामा रहेको यो मन्दिर समुद्री सतहबाट करिब ५००० फिटको उचाइ माथि डाँडामा अवस्थित छ ।–––