हेटौडा, २२ माघ । वागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले आज महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान शुभारम्भ गर्नु भएको छ ।
आज हटौडामा वगमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलगायतको उपस्थितिमा मुख्यमन्त्री लामाले स्वास्थ्यकर्मीहरुलाई खोप बाकस हस्तान्तरण गरि खोप अभियानको शुभारम्भ गर्नु भएको हो । अभियानलाई सफल पार्न सरोकारवाला निकायलाई उहाँले आव्हान गर्नुभएको छ ।
त्यसैगरि प्रदेशका स्वास्थ्य मन्त्री थापा मगरले पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने सबै किशोरीहरुलाई आव्हान गर्नु भएको छ ।
आजबाट सुरु भएकाअभियान सफल पार्न र सरकारले उपलब्ध गराएको निःशुल्क खोप अभियानमा सहभागि हुन उहाँले विज्ञप्ती जारी गर्दै आव्हान गर्नु भएको हो । उहाँले वागमति प्रदेशका विद्यालयमा अध्ययनरत छात्राहरु र बिद्यालय बाहिर रहेका किशोरीहरु गरि २ लाख ९८ हजार ९०५ जनालाई खोप लगाउने भएकाले सबै पालिकाहरुमा अभियानलाई सफल पार्न आव्हान गर्नुभएको हो ।