हामीसँग जोडिनुहोस

जसपाका अध्यक्ष उपेन्द्र यादव र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता

1 मिनेट

काठमाडौँ,२४ माघ।

सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृत गर्न निर्णायक बनेको जसपाका अध्यक्ष उपेन्द्र यादव र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच  (बुधबार) साँझ देउवा निवास बूढानीलकण्ठमा भेट भएको हो।‘कांग्रेस सभापति देउवाले अध्यादेशलगायतका विषयमा छलफल गर्न भनेर बोलाएपछि पार्टी अध्यक्ष यादव बूढानीलकण्ठ जानुभएको थियो,’ उपेन्द्रनिकट स्रोतले नेपालखबरलाई बतायो।

दुई नेताबीच आधा घण्टा बढी कुराकानी भएको छ। यादवलाई भोलि (बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नका लागि बोलाएको पनि स्रोतले बतायो। ’ ओलीसँग छलफल गरेलगत्तै यादवले पार्टीले अध्यादेश अध्ययनका लागि बनाएको कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्ने र थप निर्णय संसदीय दलको बैठकले गर्ने जसपा नेताहरूको भनाइ छ। बिहीबार दिउँसो संसद् बैठक बस्दै छ। त्यसअघि अध्यादेशमा यादव नेतृत्वको दललाई मनाउन ओली देउवा कस्सिएका छन्।

संसद्मा अध्यादेशको विपक्षमा ५१ वटा सूचना दर्ता भएका छन्। यी सूचना सामूहिक रूपमा विपक्षमा रहेका दलका तर्फबाट एकजनाले अस्वीकृतिको प्रस्ताव पेस गर्नेछन्।

सरकारले ल्याएको अध्यादेश संसद्को दुवै सदनबाट स्वीकृत हुनुपर्छ। अध्यादेश स्वीकृत भए संसद् सुरु भएको ६० दिनसम्म जीवित रहन्छ। तर अस्वीकृत भयो भने तत्कालै अध्यादेश निष्क्रिय हुनेछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।