२५ माघ, काठमाडौं ।
भूमि आयोगको जिल्ला समितिामा १११ सदस्य मनोनयन भएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विभिन्न जिल्लाका लागि सो संख्यामा सदस्य मनोनयन गरेका हुन् । जिल्ला भूमि आयोगमा अध्यक्षका साथै एकजना विज्ञ र एकजना महिला सहित तीनजना सदस्य मनोनयन गर्ने व्यवस्था छ । सरकारले यसअघि देशका ७७ वटै जिल्लामा भूमि आयोगका अध्यक्षको नियुक्ति गरिसकेको छ ।
शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा ५१ जिल्लाका लागि सदस्य नियुक्त गरेका छन् ।केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लामा एक जना अध्यक्ष, विज्ञ र महिलासहित तीन सदस्य रहने व्यवस्था छ । सोहीबमोजिम मन्त्री अधिकारीले शुक्रबार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री अधिकारीले छिट्टै सबै जिल्लामा भूमि समस्या समाधान आयोगले पूर्णता पाउने र वर्तमान सरकारकै पालामा भूमि समस्याको दिगो समाधान हुने दाबी गरे ।