हामीसँग जोडिनुहोस

संसद्को दुवै सदनको बैठक बस्दै,राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक सम्बन्धि पत्र पढेर सुनाउने

1 मिनेट

काठमाडौँ, चैत ६ गते ।

संसद्को दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धि पत्र पढेर सुनाउने र तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ। यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल २८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन र नेपाल नागरिकता दोस्रो सशोधन विधेयक सदनमा दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।

यी विधेयकहरुमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरी नागरिकता विधेयक पारित गरिनेछ। राष्ट्रिय सभाको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्राय  वन तथा वातावरण मन्त्रालयसंग सम्बन्धित मौखिक प्रश्नहरूको मन्त्रीहरुले उत्तर दिने कार्यसूची छ। यस्तै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजानिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशाधन गर्न विधेयक, २०८१ टेबुल हुनेछ।

अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कुसर तथा सजाय( दोस्रो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।