हामीसँग जोडिनुहोस

ललितपुर महानगरको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

1 मिनेट

काठमाडाैं,८ चैत।

ललितपुर महानगरको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ।

आफ्नो १०६ औं वार्षिकोत्सवको अवसरमा ललितपुर महानगरले चैत १० गतेदेखि १५ गतेसम्म पुरुष र महिला भलिबल प्रतियोगिता गर्न लागेको हो। शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले आफ्नो वार्षिकोत्सवका अवसरमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषमा १४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारका लागि यो प्रतियोगिताले टेवा पुग्ने विश्वास महानगरले लिएको छ। वागमती प्रदेशका पालिकास्तरीय टोली मात्र प्रतियोगितामा सहभागी हुन पाउनेछन्।

ती टिममा राष्ट्रिय टिमका सदस्य, विभागीय टोलीका र विदेशी खेलाडीहरू समावेश गर्न नपाइने आयोजकले स्पष्ट पारेको छ। नयाँ प्रतिभाशाली खेलाडीलाई प्रतिभा देखाउने अवसर दिन पनि यस किसिमको आयोजना गरिएको आयोजकको विश्वास छ। साथै आयोजकले पालिकाहरूबीच प्रतियोगिताले सुमधुर सम्बन्ध स्थापित गर्ने आशा गरेको छ।

महिलातर्फ आयोजक ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, चन्द्रागिरि नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका, सिन्धुपाल्चोकको हेलम्बु नगरपालिका, नुवाकोटको दुप्चेश्वर नगरपालिका र दोलखाको बिगु गाउँपालिकाले प्रतिस्पर्धा गर्ने भएका छन्।

पुरुषमा ललितपुर महानगरपालिका, बागमती गाउँपालिका, महाँकाल गाउँपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, मेलुङ गाउँपालिका, मन्थली नगरपालिका, महाँकाल–४ सिएलसी‚ दुप्चेश्वर गाउँपालिका, पनौती नगरपालिका, गल्छी नगरपालिका, पञ्चकन्या गाउँपालिका, काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाले चुनौती प्रस्तुत गर्नेछन्।

महिला र पुरुष दुवैमा शीर्ष तीन स्थानमा रहने टोलीले समान दुई लाख, एक लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले समान १० हजार रुपैयाँका साथै विधागत उत्कृष्टअन्तर्गत स्पाइकर, सेटर, ब्लकर, लिबेरो र प्रशिक्षकले पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।