हामीसँग जोडिनुहोस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मधेश प्रदेशको जनकपुरमा खबरदारी सभा गर्ने

1 मिनेट

काठमाडौं,९ चैत।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मधेश प्रदेशको जनकपुरमा खबरदारी सभा गर्ने भएको छ।

राजसंस्थाको पुन: स्थपना, हिन्दु राज्य घोषणा, मुलुकमा बढ्दो भ्रष्टाचार र बेथितिविरुद्ध देशका मुख्य शहरहरूमा खबरदारी सभा गर्दै आएको राप्रपाले आज जनकपुरस्थित तिरहुतिया गाछीमा बिहान ११ बजे सभा गर्न लागेको हो।

सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए। राप्रपाले यसअघि गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा खबरदारी सभा गरिसकेको छ। गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले देश जोगाउन आफूलाई सहयोग गर्न आह्वान गरेसँगै राजावादीहरु सक्रिय बनेका छन्। गत फागुन २५ गते पूर्वराजा शाह पोखराबाट काठमाडौं आउने क्रममा ठूलो भीडले स्वागत गरेको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।