हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले

1 मिनेट

काठमाडौं,१२ चैत।

नेकपा एमालेले पार्टीको विरुद्धमा आधारहिन र भ्रामक समाचार सम्प्रेशन गरेर सम्बन्ध बिगार्न खोजेको बताएको छ ।

एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठले आज एक विज्ञप्ति जारी चैत ४ गते बसेको पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफूलाई भारतले हटाउन षड्यन्त्र गरेको भनेर बाहिर आएको कुरा गलत रहेको भनेका छन् ।
राजावादीहरुले गरेको आन्दोलनमा भारतको सहयोग रहेको एमालेको ठहर भन्दै विभिन्न मिडियामा समाचार आएपछि एमालेको विदेश विभागले आज विज्ञप्ति जारी गरेर त्यसलाई स्पष्ट पारेको हो ।
यी दाबीहरु गलत रहेको भन्दै महासेठले जनतालाई भ्रमित गर्न र नेपालको नेतृत्वको छवि बिगार्न द्वेषपूर्ण रूपमा डिजाइन गरिएको दावी गरेका छन् । यस्तो गलत सूचनाको प्रसारण गरेर नेपालको आन्तरिक सद्भाव बिगार्ने, नेपालको कूटनीतिक सम्बन्ध खासगरि भारतसँग तनाव सृजना गर्ने षड्यन्त्र रहेको उनले उल्लेख गरेका छन् ।

 

ट्रेण्डिङ