=======================================================
कार्यक्रममा गृहमन्त्री लेखकले रासस भक्तपुरका समाचारदाता रमेश गिरीलाई दोसल्ला ओढाएर सम्मपान पत्र प्रदान गर्दै सम्मान गर्नुभयो । उहाँले पत्रकारहरु पेशल आचार्य, पुष्करराज बुढाथोकी, लीला श्रेष्ठ, सहयाग बिभिन्न संस्थाहरु, पूर्वकर्मचारहीहरु र उत्कृष्ठ कर्मचालाई पनि सम्मान गर्नभयो ।
========================================================
भक्तपुर, १२ चैत : गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्त पछि सरकारले देशमा धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताउनु भएको छ ।
आज भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको नयाँ कार्यालय भबनका उदघाटन गर्दै उहाँले लोकतन् प्राप्त पछि सरकारले केह ीगर्न सकेन, देशमा केही भएन भन्ने गरि भाष्य निर्माण गर्नु गलत भएको बताउनु भएको हो ।
गृहमन्त्री लेखकले भन्नुभयो, “तत्कालिन राजाले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनु भएको छैन भन्ने मलाई विश्वास छ । प्रजातन्त्र समाप्त पारेर राज्य सत्ता एकलौटी हातमा लिएपछि सबभन्दा पहिला नेपाली सेना र प्रहरीले सञ्चार माध्यममा छापा मारेर समाचारमा रोक लगाएको, प्रकाशित पत्रिकाहरु बन्द गराउनेदेखि जफत गरेर लगेको, पत्रकारलाई धम्क्याएको, जनताको आवाज बन्द गराएको सिंगो प्रेस जगत र जनताले बिर्सेका छैनन्, त्यसैले यो व्यबस्था चाहिदैन भनेर नेपाली जनताले भन्नु सक्नुहुन्न ।”
गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन भन्दै उहाँले भन्नुभयो, “केही हुदै नभएको, केही गर्दै नगरेको होइन, धरै काम भएका छन् तर जनताले सोचे जस्तो छिटो काम नभएको पक्कै हो । मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्, त्यसलाई हल गर्दै अगाडि जाने व्यबस्था लोकतन्त्र मात्रै हो ।” विभिन्न चुनौती र समस्याका बाबजुद धेरै काम भएको बतउदै उहाँले एकतन्त्रीय व्यबस्थाले जनताको आवाज, सञ्चारको आवाज कुल्चिन्छ र लोकतन्त्रले जनता र सञ्चालको आवाजलाई सुनेर समृद्धिको यात्रामा अगाडि बढ्ने बताउनुभयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, “जनताको स्वतन्त्रता, भावना, आवाज बन्द गर्ने निरंकशताको शासन हामीले व्यहोरी सकेका छौँ, जनताले बलिदान दिएर ल्याएको लोकतन्त्रलाई बिर्सिएर फेरी त्यही व्यबस्था चाहियो भनेर जनताले भन्छन् भनेर विश्वास गर्न सकिन्न, यो त केही तत्वहरुले भ्रम फैलाइरुहेका मात्रै हुन्, यो भूम पनि केही दिनमै सकिन्छ ।”
यस्ता भ्रमको खेतीले जनता अब खोला, खोल्छीमा अल्झिन्छन् भन्ने आफूलाई नलागेको बताउदै उहाँले लोकतन्त्र भएमात्रै स्वच्छ पत्रकारिता, स्वतन्त्रता, सञ्चार जगत, जनताको आवाज रहन्छ भन्ने स१चार जगतले पनि बुझेको बताउनुभयो ।
जुनसुकै विपत्तिमा पनि प्रतिकार्यका लागि २४ सै घण्टा तयारी अबस्थामा रहन निर्देशन दिदै उहाँले जुद्ध बारुण यन्त्र भक्तपुर गृहमन्त्रालय अन्तर्गत नै रहेकाले मन्त्रालयले जग्गा सम्झौताको म्याद थप गर्न मात्रै नभई दमकलकै नाममा जग्गा ल्याउन लाग्ने उहाँले बताउनुभयो । एकैछिनको ढिलासुस्ती र हेलचेक्रईले जनधनको क्षति हिुन दिन हुदैन भन्दै उहाँले दमकल थप गर्न पालिकाहरुले पनि थप सहयोग गर्नु पर्ने, औल्याउनुभयो ।
सेनाको नाममा स्थापनाकालदखि दकल रहेको जग्गा पछि नेपाली सेनाको नाममा गएको र नयाँ भवन निर्माणका क्रममा सेनासंग ३० वर्षका लागि लिजमा लिएको विषयमा चिन्ता नगर्न आग्रह गर्दै उहाँले गृहमन्त्रालयको दमकल र नेपाली सेनाको नाममा रहेको जग्गा दुबै सरकारको भएकाले यसमा चिन्ता नगर्न आग्रह गर्नुभयो । पुराना दमकललाई भक्तपुरमै म्युजियमका रुपमा बिकास गर्ने प्रस्ताव राम्रो भएको बताउदै उहाँले भन्नुभयो, “करी म्युजियम बनाउने हो, त्यो सबै अबधारणा अगाडि बढाउनुस्, योजना ल्याउनुस्, हामीसंग भएका पुराना दमकल राखेर म्युजियम बनाउन सकिन्छ, मन्त्रालय सहयोग गर्छ ।”
कार्यक्रममा गृहमन्त्री लेखकले रासस भक्तपुरका समाचारदाता रमेश गिरीलाई दोसल्ला ओढाएर सम्मपान पत्र प्रदान गर्दै सम्मान गर्नुभयो । उहाँले पत्रकारहरु पेशल आचार्य, पुष्करराज बुढाथोकी, लीला श्रेष्ठ, सहयाग बिभिन्न संस्थाहरु, पूर्वकर्मचारहीहरु र उत्कृष्ठ कर्मचालाई पनि सम्मान गर्नभयो ।
कार्यक्रममा संघीय सांसद एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दूर्लभ थापाले जुद्ध शमसेरको पालाका दमकल भक्तपुरमा रहेको तर भक्तपुरमै जुद्ध शमसेरको भन्दा कडा शासन जनताले सकसपूर्ण रुपमा ब्यहोर्दै आएको टिप्पणी गर्नुभयो । उहाँले अरु नगरपालिकाले नयाँ दमकल दिईरहदा धेरै र छिटो सेवा गर्नु पर्ने क्षेत्र भक्तपुर नगरपालिकाले भने दमकलका लागि कुनै हयोग नगरेको बताउनभयो ।
गृहमन्त्रालयका सचिव गोकर्णमणि सुवेदीले देशमा हुने आगोलागीका घट्नामा ९४ प्रतिशत मानवीय कारण र चार प्रतिशत मात्रै भवितव्य हुने गरेको बताउदै जस्तोसुकै अबस्थामा पनि खटिने गरि दमकल तयारी अबस्थामा रहनु पर्ने बताउनुभयो । कार्यक्रममा कार्यालय प्रमुख विजयप्रसाद धौभडेलले २००१ सालमा स्थापना स्थापनादेखि आजको अबस्थासम्म आइपुग्दा भाग्नु परेको कठिनाई, अवसर, चुनौती र कर्मचारीको बृत्तिबिकासका आवश्यकताकाबारेमा बोल्दै भवन निर्माणले नयाँ आशा जगाएको बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा तत्कालिन जिल्ला विकास समितिका प्रमुख नवराज गेलाल, अग्नि नियन्त्रक प्रशिक्षक अरुण आचार्य, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलगायतले भक्तपुरको दमकलले प्रबिधिमैत्री, सुविधा सम्पन्न बनाएर लैजानु पर्नेमा जोड दिनुभयो । सघन शहरी तथा भवन निर्माण आयोजना प्रमुख रमेश थपलियाले नेपाल सरकारको कूल रु. ५ करोड ७६ लाख ९८ हजार ६५८ रुपैयाँ ७७ पैसाको लागतमा निर्माण सम्पन्न भएको बताउनुभयो ।