हामीसँग जोडिनुहोस

जडिबुटी प्रशोधन केन्द्रको आगजनी चार घण्टामा नियन्त्रण, दमकल तोडफोड

1 मिनेट
भक्तपुर, १५ चैत : जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडिबुटीस्थित कार्यालयमा आज राजावादी प्रदर्शनकारीले गरेको आगजनी चार घण्टा पछि राती नियन्त्रणमा आएको छ । प्रर्दशनकारीले आज प्रशर्दशनका क्रममा कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको जथ्थाले एक्कासी प्रशोधन कम्पनीमा प्रवेश गरि अपरान्ह आगजनी गरेका थिए ।
आगो नियन्त्रणमा लिन परिचालित जुद्ध वारुण यन्त्र भक्तपुरका तीन वटा दमकल, काठमाडौं महानगरपालिकाका २ वटा दमकल र ललितपुर महानगरपालिकाको एक वटा दमकल गरि ६ वटा दमकलले चार घण्टामा आगो नियन्त्रणमा लिएको जुद्ध बरुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रर्दशनकारीले आगोजनी गरेपछि माथिल्लो निकायबाट आएको आदेश अनुसार भक्तपुरको तीन वटा दमकल जडिबुटी पुगेर कार्यक्षेत्रमा आगो नियन्त्रणमा लाग्यो, काठमाण्डौका दुईवटा र ललितपुरका एक गरि ६ वटा दमकलले राती नौ बजे आगो नियन्त्रणमा लिएर फर्कियौ ।’
उहाँले सन्चोलगायत जडिबटीका औषधि बनाउदा प्रयोग हुने केमिकल बलेपछि आगो थप बढ्दै गएको र भक्तपुरको दमकल बिस्तार हुदै बढेको थियो । भक्तपुरको दमकलले आगो नियन्त्रण्का लागि फर्मसमेत प्रयोग गरेको थियो । औषधि कारखानामा लाखौको क्षति हुने गरि त्यहाँ भित्रका सामानहरु जलेर नष्ट भएको देखिएको उहाँल बतानुभयो ।  आगजनी नियन्त्रणका लागि गएको जद्ध बारुण यन्त्रको एक दमकल समेत ओन्दालनकारीले तोडफोड गरेको क्षति पुर्याएको कार्यालय प्रमख धौभडेलले जानकारी सदनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।