हामीसँग जोडिनुहोस

‘नगरकोट भ्रमण वर्ष–२०८२’ सफल पार्न सबै सरकारी कार्यालय एक्यवद्धता

3 मिनेट
भक्तपुर, १५ चैत । आगामी बैशाख १ गतेदेखि सुरु हुने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ सफल पार्न सबै सरकारी कार्यालय एवं सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गरेको छ । चाँगुनारायण नगरपालिका कार्यालयमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा सम्पन्न जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरुसंग भ्रमण वर्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले नगरकोट भ्रमण वर्ष चाँगुनारायणको मात्रै नभई भक्तपुर र देशकै प्रतिष्ठाको विषय भएकाले यसलाई सफल पार्न सबै कार्यालयले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताउनुभयो । भ्रमण वर्षमा पर्यटकको शान्ति सुरक्षाको व्यबस्थामा ढुक्क हुन नगरपालिकालाई आग्रह गर्दै उहाँले नगरकोटलाई ब्राण्डिङ्ग गर्नेगरि काम गर्नुपर्ने औल्याउनुभयो ।
‘नगरकोट यसैपनि पर्यटकीय गन्तव्य हो, महोत्सवमा अझ बढी चासो हुन्छ. नगरकोट आउँनु अगाडि स्वदेशी तथा विदेशी पर्यटकले यहाँको विशषता के हो भनेर बुझ्न खाज्छन्, सूर्योदय, सूर्यास्त र हिमाल मात्रै होइन, यहाँको उत्पादन, कला, संस्कृति र पहिचानलाई पनि ब्राण्डिङ्ग बनाएको त्यसको बिक्री गर्नुपर्छ’, प्रजिअ अर्यालले भन्नुभयो, ‘यहाँको बिभिन्न उत्पादनदेखि हस्तकलाका सामानहरुका लागि बिक्रीका लागि राख्नु पर्छ, यसातायातको सहज व्यबस्था हुनुपर्छ, होटल व्यवसायीले पर्यटकलाई कति छुट दिन्छन्, त्यसको निश्चितता हुनुपर्छ, गुणस्तरीयमा ध्यान दिनुपर्छ ।’
भक्तपुरदेखि धुलिखेलसम्म आउँने पर्यटकलाई एक पटक नगरकोट घुम्न जाऔँ, कतीमा दुईरात बसौं भन्ने सन्देश देश तथा विदेशमा फैलाउने गरि सञ्चार माध्यम र डिजिटल मिडियाको प्रयोग गर्नेगरि योजना अगाडि लैजानु पर्ने बताउनुभयो ।’ प्रजिअ अर्यालले सामान्य परिवारदेखि मध्यम वर्गीय परिवारसम्म नगरकोट आएर बस्न सक्ने गरि व्यबस्थापन गर्नुपर्ने बताउदै उहाँले सरकारका तीन वटै सरकारसंग समन्वय गर्दै भ्रमण वर्ष अगाडि बढाउनु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले नगरकोटलाई मुख्य पर्यटकीय विन्दु बनाएर चाँगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको मण्डन देउपुर र बनेपा नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने भ्रमण वर्षका लागि भ्रमण वर्षभरि सुरक्षाको व्यबस्था मजबुद गर्न, नगरकोटमा फ्रि वाईफाई जोन बनाउन, नगरकोट जाने सडकको मर्मत गर्न, विद्युत आपूर्तिको सहज व्यबस्था गर्नलगायतमा जिल्लास्थित सरकारी कार्यालयले टेवा पुर्याउनु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नगरकोटलाई स्वदेशी तथा विदेशी पर्यटकको प्रस्थान बिन्दु बनाएर भ्रमण वर्षको आयोजना गरेका छौँ, विश्व सम्पदामा रहेको चाँगुनारायणदेखि नगरकोटसम्म र ताथलीसम्म वडा नं. १ देखि ९ सम्मका प्रत्येक क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने, त्यहाँका सम्पदालाई उजागर गर्ने, उत्पादनहरु प्रर्दशन गर्ने, प्रत्येक महिनामा प्रत्येक वडामा छुट्टै महोत्सव गर्ने र अरु नगरपालिकाले पनि नगरकोटमा संयुक्त र आफ्ना नगरपालिका क्षेत्रमा पन पर्यटकीय गतिबिधिी गर्ने गरि तयारी गरेको बताउनुभयो ।’
उहाँले नगरकोट जाने मुख्य सडक अब नगरपालिकाले आफैले बनाउने गरि अगाडि बढेको बताउँदै नगरकोट जाने चारैतर्फका नाकामा आउने सडकलाई पक्कि बनाउन र पहिरो गएर बसेको ढिस्कोहरु हटाउन सडक विभागले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले भक्तपुरमा भएका प्रहरीलाई सम्भव भएसम्म नगरकोटमा परिचालन गरि सुरक्षाका व्यबस्था गर्ने, सडकमा सिसि क्यामरा राख्नु पर्ने, स्थानीय स्वयंसेवक परिचालन गर्नुपर्ने, सडक मर्मत गर्नुपर्ने बताउनुभयो ।
विद्युत प्राधिकरण भक्तपुरका प्रमुख सत्यनारायण साह र दूर सञ्चार प्राधिकरण भक्तपुरका प्रमुख रामप्रसाद साहले कार्यक्रम स्थलको सव स्टेशन हटाएर विद्युतको व्यबस्था गर्ने, पोलको मर्मत गर्ने, अनावश्यक पोल हटाउने, पोलमा रहेको निजी कम्पनीका इन्टरनेटहरुको लथालिङ्ग तार हटाउनु पर्ने बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय ईकाई भक्तपुरकी प्रमुख कमला ज्ञवालीले संस्कार युक्त शिक्षाका लागि योग शिक्षाको अभियान चलाउनु पर्ने, एक विद्यालय एक उद्यमशिलताको अभियान चलाउनु पर्ने, विद्यालयमा शुक्रबार पुस्तक फ्रि बनाउनु पर्ने, शैक्षिक भ्रमणका कार्यक्रमहरु नगरकोटमा राख्नु पर्ने बताउनुभयो । भक्तपुर औधोगिक क्षेत्रकी मेरिना चित्रकारले नेपाली उत्पादनका स्टलहरु राख्न औधोगिक क्षेत्रले सहयोग गर्ने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।