
भक्तपुर, ७ बैशाख । चाँगुनारायण नगरपालिका–१ दुवाकोट सरस्वतीखेलमा सञ्चालनमा रहेको अबैध बालुवा खानी नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बन्द गराउनु भएको छ ।
अबैध बालुवा खानी सञ्चालन गरि केही व्यक्तिले माटो तथा बालुवा ओसार परास गरिरहेको सामाजिक सञ्जालमार्फत जानकारी पाए लगत्तै नगर प्रहरी लिएर बालुवा खानीको अनुगमनमा पुग्नु भएका उपप्रमुख बुढाथोकीले बालुवा खानी शिलबन्दी गर्नुका साथै दुईवटा डोजर नियन्त्रणमा लिदै सिक्रीले बाधेर ताला लगाउनु भएको छ ।
उहाँले अत्याचार गरेर माटो, बालुवा उत्खनन् गरेर निकासी गरेको पाईएको भन्दै नगर प्रहरीलाई राती र भोलीदेखि दिनभर पनि खानीमा डिउटी गर्न निर्देशन दिनुभएको छ । उहाँले आजै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर चाँगुनारायण क्षेत्रमा भएको अबैध माटो तथा बालुवा उत्खनन् एवं बिक्री बितरण रोक्न प्रहरी परिचालन गरि सहयोग गर्न आग्रह गर्नु भएको छ ।
उहाँले प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई पत्र लेखेर प्रहरी परिचालन गर्दै माटो बालुवा चोरी निकासी रोक्न पत्रचार गर्नु भएको हो । त्यसैगरि प्रत्येक वडा कार्यालय र वडाध्यक्षहरुलई समे आफ्नो क्षेत्रमा कुनै पनि माटो तथा बालुवा उत्खनन् र बिक्री वितरण गर्न नदिन चनाखो हुन र त्यस्तो गतिबिधि गरेको पाईए तत्काल रोक्न समेत निर्देशन दिनु भएको छ । उहाँले नगर प्रहरीलाई समेत यस्ता गतिबिधिको निगरानी गर्न निर्देशन दिनुभएको छ ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमख जीवन खत्रीले पनि अबैध रुपमा खानी सञ्चालन गरेर माटो तथा बालुवा तस्करी गर्नेलाई कारबाही गर्ने बताउनु भयो । उहाँले आफ्नो ठाउँमा यसरी माटो बालुवा उत्खनन् र बिक्री हुँदा स्थानीयवासीले मौखिक रुपमा मात्रै भएपनि सूचना दिनु पर्ने कर्तव्य पालना गरिदिन आग्रह गर्नु भएको छ ।
उहाँले उपप्रमुखलाई माटो बालुवा उत्खनन् एवं बिक्री गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभएको छ ।
https://www.facebook.com/reel/1029418185814603