हामीसँग जोडिनुहोस

जसपा नेपालको जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु

1 मिनेट

काठमाडौं,११ वैशाख।

जनता समाजवादी पार्टी नेपालको सिरहा जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

बुधबार राति अबेरसम्म सहमतिका लागि प्रयास गरे पनि सफल नभएपछि बिहीबार बिहानदेखि निर्वाचन प्रक्रियामा गएको मतदान अधिकृत शत्रुधन यादवले बताए । जसपा नेपाल सिरहाको अधिवेशन वैशाख ८ गतेदेखि सुरु भएको थियो ।

जसपा नेपाल सिरहाको अध्यक्षका लागि रामचरित्र महतो, अशोक कुमार यादव, राम दयाल यादवलगायतको दाबी छ । त्यस्तै उपाध्यक्षमा सोभित कुमार पासवान, राजेन्द्रप्रसाद साह, योगानन्द यादव, राकेश कुमार गुप्ता, रमेश कुमार यादव, लालबहादुर साह र अशोक कुमार मण्डलले उम्मेदवारी दिएका छन् ।सचिव पदका लागि बिन्द कुमार मण्डल र हरेराम यादवले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्ष पदका लागि कृष्णाकुमारी यादव र लक्ष्मी कुमारी श्रेष्ठले उम्मेदवारी दिएका छन् । उपसचिवमा मनिक लाल यादव, इन्दलकुमार मण्डल, हरिनारायण यादव, दिनेश कुमार महतो, विजय कुमार यादव र प्रभात कुमार सिंहले उम्मेदवारी दिएका छन् । जसपा नेपालको सिरहा अधिवेशनमा २७४ जना मतदाता छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।