हामीसँग जोडिनुहोस

भारतमा हुन लागेको साफ यू-१९ पुरुष च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

1 मिनेट

१५ वैशाख ,काठमाडौं ।

राष्ट्रिय अन्डर नाइन्टिन फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतमा हुन लागेको साफ अन्डर नाइन्टिन पुरुष च्याम्पियनसिप २०२५ का लागि अन्तिम टोली घोषणा गरेका छन्।

प्रतियोगिता यही वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म आयोजना हुनेछ । च्याम्पियनसिपमा माल्दिभ्स, भुटान र बंगलादेश समूह ए मा छन् भने नेपाल, आयोजक भारत र श्रीलंका समूह बीमा छन्।

नेपालको अन्तिम टोलीमा समावेश गोलकिपरहरुमा भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन र विशेष बानियाँ छन्। त्यसैगरी, डिफेन्डरमा रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्बा र सिद्धान्त खड्का रहेका छन्।

यस्तै, मिडफिल्डको जिम्मेवारी कृष्णबहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लाछु थापा, सविनकुमार लुङेली मगर, रणजीत लामा, सुभाष बम र विज्ञान खड्का रहनेछन् । फरवार्ड पवन पाख्रिन, धर्मेन्द्र कुँवर, सुजन डंगोल र प्रसुन तामाङ रहेका छन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।