हामीसँग जोडिनुहोस

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

1 मिनेट

१५ वैशाख, काठमाडौं ।

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले बताए । सोमबारको बैठकमा आकस्मिक, शून्य समयमा नेताहरूले धारणा राखे ।

त्यस्तै बैठकमा आज ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे ।उनको त्यो प्रस्तावमा सैद्धान्तिक छलफल भयो । छलफलमा सांसदहरूले उठाएका प्रश्नको मन्त्री पाण्डेले जवाफ दिएपछि स्वीकृत भएको छ । त्यसपछि त्यो विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव मागिएको छ ।

कार्यसूचीको चौँथो नम्बरमा रहेका दुई विषय हटाएर सभामुख घिमिरेले बैठक भोलीसम्मका लागि स्थगित गरे । चौथो कार्यसूचीमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।