हामीसँग जोडिनुहोस

नेपाल विद्युत् प्राधिकरणलाई श्वेतपत्र सार्वजनिक गर्न रोक

1 मिनेट

१६ वैशाख,काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले आज सार्वजनिक गर्ने भनिएको श्वेतपत्र सार्वजनिक गर्न रोक लगाइएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले श्वेतपत्र सार्वजनिक गर्ने कार्य स्थगित गर्ने भनेपछि रोकिएको प्राधिकरणका प्रवक्ता राजभाई शिल्पकारले बताए ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट बर्खास्त गरेपछि नियुक्ति भएका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको श्वेतपत्र तयार गरेका थिए । प्राधिकरण तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङले भनेजस्तो नाफाको अवस्थामा नरहेर ठूलो दायित्वमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र नवनियुक्ति प्रबन्ध निर्देशक शाक्यले समेत सार्वजनिक प्रतिक्रिया दिएका थिए ।

तर, शाक्यले तयार पारेको प्रतिवेदनलाई भने मन्त्री अध्यक्ष रहेको सञ्चालक समितिले नै सार्वजनिक गर्नबाट रोक लगाएको छ । किन रोक लगाएको भन्ने विषय भने प्राधिकरणले उल्लेख गरेको छैन ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।