
भक्तपुर, २० बैशाख । चाँगुनारायण नगरपालिकाका वडा नं. ५ छालिङ्ग स्थित मनकामना मन्दिरको पुर्ननिर्माण तथा पितृ उद्धारका लागि श्रीमद् भागवत ज्ञान महायज्ञ सञ्चालन भएको छ ।

श्री मनकामना मन्दिर संरक्षण संस्थाले यही बैशाख १७ गतेदेखि आयोजना गरेको महायज्ञमा स्थानीयको उल्लेख्य सहभागिता रहेको र दाताहरुको आगमन भइरहेको स्थानीय गोकर्ण परीले जानकारी दिनुभयो ।

बैशाख १७ गते वडाध्यक्ष जयन्द्र खड्काले एक समारोहबीच उद्घाटन गर्नु भएको महायज्ञमा भागवत पण्डित माधवप्रसाद कुईकेलले कथा वाचन र उपवाचक प्रदीप पौडेलबाट पाठ पारायण भइरहेको उहाँले जानकारी दिनुभयो । बैशाख १७ गते बिहान कलश यात्रा गरि सु भएको महायज्ञमा हरेक दिन बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म कथा वाचन हुने र साँझ आरतीको कार्यक्रम रहने गरेको छ ।
महायज्ञमै बैशाख २४ गते तील अर्पण, २५ गते सामुहिक ब्रतबन्ध र सोही दिन साङ्गे गरि समापन गरिने पुरीले जानकारी दिनुभयो । आयोजकले मनकामना मन्दिरको पुर्ननिर्माण र आफ्ना पितृ उद्धारका लागि तन, मन, धन, वचन एवं कर्मले सहयोग गर्न आव्हान गरेको छ ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





