हामीसँग जोडिनुहोस

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज पुनः विजयी

1 मिनेट

काठमाडौँ,२० वैशाख।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजी नेतृत्वको केन्द्र–वामपन्थी लेबर पार्टीले संघीय चुनावमा दक्षिणपन्थी विपक्षी गठबन्धनमाथि विजय हासिल गरेको छ । मतगणना चलिरहेकै बेला प्रधानमन्त्री अल्बनीजको पार्टीले जीत हासिल गरिसकेको बीबीसीले जनाएको छ । मतदान आजै सकिएको हो ।

आज सदनका एक सय ५० सिटका लागि मतदान भएकोमा लेबर पार्टीले ८५ सिट जितिसकेको छ । तल्लो सदनमा बहुमत ल्याउने पार्टी वा गठबन्धनको नेता प्रधानमन्त्री बन्ने चलन छ ।

अष्ट्रेलियामा माथिल्लो सदनलाई सेनेट र तल्लो सदनलाई हाउस अफ रिप्रेजेन्टेटिभ्स भनिन्छ । आज तल्लो सदनसँगै माथिल्लो सदनका ७६ मध्ये ४० सिटका लागि पनि मतदान भएको छ ।

छ वर्षको कार्यकाल हुने माथिल्लो सदनमा हरेक तीन वर्षमा आधा सदस्य फेरिन्छन् । एक करोड ८० लाख भन्दा धेरै मतदाता रहेको अष्ट्रेलियामा १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई मतदान गर्न अनिवार्य छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।