हामीसँग जोडिनुहोस

आपसी टकरावकाबिच भारत र पाकिस्तानबिच आज वार्ता हुने

1 मिनेट

काठमाडौं,२९ बैशाख । 

आपसी टकरावकाबिच भारत र पाकिस्तानबिच सोमबार वार्ता हुने भएको छ । दुई साताअघि जम्मु काश्मीरको पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावकै बिचमा शनिबार पूर्णस्तरको युद्धविराम घोषणा गरेका थिए । आपसी वार्ताबाट विवाद निरुपण गर्ने उद्देश्यसहित युद्धविराम गरेका दुई देशबिच सोमबार वार्ता हुने तय भएको थियो ।

भारतको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चाधिकारीसहित वार्ता हुने तय भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेसन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले गर्ने छन् ।

भारत–पाकिस्तानबिच लामो समयदेखि जम्मु काश्मीर क्षेत्रको स्वामित्वलाई लिएर टकराव चल्दै आएको छ । यस पटक आमनेसामने युद्धमै उत्रिएका दुई देशलाई मानवीय क्षति हुने युद्धमा नजान विभिन्न मुलुकले आग्रह गर्दै आएका थिए । नेपालले पनि विवादका विषयमा वार्ता गरेर अघि बढ्न दुई देशलाई अपिल गरेको थियो । उता अमेरिकाले दुई देशबिच तत्काल युद्धविरामसहित विवादका विषयमा वार्तामार्फत सुल्झाउन सुझावसहित युद्धविरामका लागि पहल गरेको थियो । उसले आवश्यक परेको खण्डमा जम्मु काश्मीर विवाद सल्टाउनका लागि आफू मध्यस्थता गर्न तयार रहेको भारत पाकिस्तानसमक्ष प्रस्ट पारेको छ ।

शनिबार घोषित युद्धविरामसँगै भारत र पाकिस्तानका दुवै पक्षले आक्रमण प्रत्याक्रमण रोकेका छन् । वार्ताका विषयवस्तुबारे दुई देशका सरकार र सैन्य अधिकारी तयारीमा जुटेका छन् । भारत सरकारले वार्ताका विषयगत विषयमा परामर्श जारी राखेको छ । उता पाकिस्तान सरकार पनि भारतसँग आगामी दिनमा कसरी प्रस्तुत हुने भन्ने तयारीमा लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । वार्तामा आतङ्कवादलाई प्रश्रय नदिने प्रतिबद्धता पाकिस्तानबाट लिन भारतले प्रयास गर्ने र पाकिस्तानले पनि आतङ्कवादका नाममा आफ्ना नागरिकमाथि जथाभाबी आक्रमण नगर्ने प्रतिबद्धता लिन सक्ने अनुमान कूटनीतिज्ञले गरेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।