हामीसँग जोडिनुहोस

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा आज सुनुवाइ हुँदै

1 मिनेट

५ जेठ,काठमाडौँ ।

४२ दिनदेखि रूपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सोमबार सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतमा यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने सूचीमा परेको मुद्दा सोमबार भने हेर्न मिल्ने इजलासमा पर्नेछ। आइतबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोख्रेलको इजलासमा हेर्न नमिल्नेमा परेपछि सोही इजलासले अब हेर्न मिल्ने इजलासमा राख्न आदेश जारी गरेको थियो।

बन्दी प्रत्यक्षकरणको रिटको संवेदनशीलता हेरेर प्राथमिकतामा राख्नुपर्ने भन्दै पटक-पटक हेर्न नमिल्नेमा नपर्ने गरी सुनवाइको व्यवस्था गर्न सर्वोच्च प्रशासनका नाममा आदेश जारी गरेको हो। न्यायाधीशहरू हरिप्रसाद फुयाल, तिलप्रसाद श्रेष्ठ, अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलले रविको मुद्दा हेर्न नमिल्ने अवस्था छ।

त्यसबाहेक पनि हेर्न नमिल्ने भए यकिन गरी सोमबार हेर्न मिल्ने न्यायाधीशमध्येबाट मात्र गोला प्रणालीमा सहभागी गराउने निर्णय भएको हो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।