
भक्तपुर, ८ जेठ : भक्तपुरका सामाजिक अभियन्ता नरेश रञ्जित नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल बागमती प्रदेशको अध्यक्षमा निर्वाचित हुनु भएको छ । मध्यपुरथिमिमा सम्पन्न पहिलो प्रदेश वागमति प्रदेश सम्मेलनले रञ्जितको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरि वाईसिएसका पूर्व अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नाम घोषणा गर्नु भएको हो ।
प्रदेश उपाध्यक्षमा सुवास अधिकारी, रेशम तामाङ र सुनिता गिरी, सचिवमा प्रदीप तामाङ ङेमासङ, कोषाध्यक्षमा रोमी घले, सहसचिवहरुमा विष्णु नेगी, अर्जुन तामाङ, सुदीप केसी, विकास श्रेष्ठ, सनम महर्जन (जनजाति) र प्रीति तामाङ (महिला) चयन हुनु भएको छ ।
नवनिर्वाचिन अध्यक्ष रञ्जित यसअघि वाईसीएलका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज माओवादी केन्द्रको मध्यपुरथिमि नगर उपाध्यक्ष हुनुहुन्थ्यो । हनुमन्ते सफाई अभियानदेखि हाल सञ्चालित राष्ट्रका लागि दुई घण्टे अभियानका अभियन्ता एवं सामाजिक विकासका नेतृत्वकर्ता रञ्जित बन्द सत्रमा माओवादी केन्द्रका नेताहरू हितमान शाक्य, हितबहादुर तामाङ, दिलीप प्रजापति र सूर्य सुवेदी ‘पथिक’ लगायतको सहभागितामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले उद्घाटन गर्नु भएको सम्मेलनमा ४०० भन्दा बढी प्रतिनिधि एवं पर्यवक्षक रहेको रंजितले जानकारी दिनुभयो ।
रञ्जितले संगठनलाई थप सुदृढ, जनमैत्री र सामाजिक सेवामा युवालाई संग जोडेर राजनीतिसँगै सामाजिक रूपान्तरणमा सक्रिय हुने घोषणा गर्नुभयो ।