हामीसँग जोडिनुहोस

नागढुङ्गा–नौबिसे सडक आजदेखि १५ दिनसम्म दिउँसोमा साढे ४ घण्टा बन्द हुने

1 मिनेट

काठमाण्डौ,१० जेठ।

काठमाण्डौ भित्रिने सडकको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि १५ दिन दिउँसो साढे ४ घण्टा बन्द हुँदैछ । सडक बन्द गरेर निर्माण कार्य गरिने भएको छ ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाण्डौ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा आजदेखि आउँदो २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिनुभयो । यसअघि यो खण्ड रातमा बन्द गरेर काम हुँदै आएको थियो ।

निर्माण आयोजनाले प्राविधिक रुपमा निर्माण कार्य दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर काठमाण्डौबाट छुट्ने गाडी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाण्डौतर्फ आउनेलाई खानीखोलामा रोकिने जनाएको छ ।

सडकमा काम हुने समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।