हामीसँग जोडिनुहोस

आईपीएल क्रिकेटमा चेन्नई र हैदराबादको जीत

1 मिनेट

काठमाण्डौ,१२ जेठ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हिजो भएका खेलमा चेन्नई सपर किङ्गस र सनराइजर्स हैदराबाद विजयी भएका छन् । हिजोको पहिलो खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ८३ रनले हरायो । चेन्नईले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको गुजरात १८ ओभर तीन बलमा एक सय ४७ रनमा अलआउट भयो ।

त्यसअघि अहमदाबादमा टस जितेर ब्याटिङ गरेको चेन्नईले पाँच विकेट गुमाएर दुई सय ३० रन बनाएको थियो । हिजो खेल हारे पनि शीर्ष स्थानमा रहेको गुजरात यस अघि नै प्लेअफमा पुग्न सफल भएको थियो । गुजरातको १४ खेलमा १८ अङ्क छ । चेन्नई यसअघि नै प्लेअफमा पुग्न असफल भएको थियो । १४ खेलमा चेन्नईको आठ अङ्कसहित तालिकाको पुछारमा छ ।

यस्तै हिजै भएको अर्को खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई एक सय १० रनले पराजित गरेको छ । हैदराबादले दिएको दुई सय ७९ रनको ठूलो लक्ष्य पछ्याएको कोलकाता १८ ओभर चार बलमा एक सय ६८ रनमा अलआउट भयो ।

त्यसअघि दिल्लीमा टस जितेर ब्याटिङ गरेको हैदराबादले तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । उसका लागि हेनरिक क्लासेनले ३९ बलमा एक सय पाँच रन बनाउँदै नटआउट शतकीय पारी खेले ।

हैदराबाद र कोलकाता यसअघि नै प्लेअफ पुग्न असफल रहे । हैदराबादले १४ खेलमा १३ अङ्कसहित तालिकाको छैटौं स्थानमा रहँदै सिजन टुङ्ग्याएको छ । कोलकाता भने १४ खेलबाट १२ अङ्कसहित आठौं स्थानमा सीमित रह्यो ।

अब आईपीएल क्रिकेटमा लिग चरणका दुई खेल मात्र बाँकी छन् । आज पञ्जाब किङ्स र मुम्बई इन्डियन्स तथा भोलि लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।