
काठमाण्डौ,१२ जेठ।
सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ।
पार्टीभित्रै गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको थियो। बैठकपछि एक पदाधिकारीले नेपालखबरसँग भने, ‘गृहमन्त्रीमाथिको आरोप मिथ्या हो। यही आरोपको आधारमा उहाँले पदबाट राजीनामा दिनुपर्छ भन्ने हुँदैन।’
गृहमन्त्री रहेका लेखकलाई लागेको भिजिट भिसा प्रकरणको आरोपका कारण कांग्रस अहिले सकसमा छ। भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको छ,
उनले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने दबाब कांग्रेसकै नेताहरूले दिइरहेका छन्।