हामीसँग जोडिनुहोस

कामीरिता शेर्पा पुगे ३१औं पटक सगरमाथाको चुचुरोमा

1 मिनेट

१३ जेठ,काठमाण्डौ ।

प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले ३१ औं पटक सगरमाथाको आरोहण गर्नुभएको छ ।

योसँगै उहाँले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको छ । आज बिहान ४ बजेतिर उहाँले सर्वोच्च शिखर सगरमाथाको ३१ औं पटक सफल आरोहण गर्नुभएको हो ।

सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औं पटकको सफल आरोहणका लागि बधाइ ।’

उहाँ २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा जानुभएको थियो ।

भोलि सगरमाथा आधार शिविरसम्म झर्ने र त्यहाँबाट काठमाण्डौ फर्किने तालिका छ । अघिल्लो वर्ष उहाँले ३०औं पटक सगरमाथाको आरोहण गर्नुभएको थियो ।

सोलुखुम्बु थामेका कामीरिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने एक मात्र शेर्पा गाइड तथा पर्वतारोही हुनुहुन्छ । कामीरिता ‘एभरेस्ट म्यान’ नामले पनि परिचित हुनुहुन्छ ।

२०३९ सालमा १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका कामीरिताले पहिलो पटक २०५१ सालको वसन्तकालीनयाममा सगरमाथा आरोहण गर्नुभएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।