हामीसँग जोडिनुहोस

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन

0 मिनेट

१३ जेठ,काठमाण्डौ ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । मंगलबार (जेठ १३) माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।

अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिस्ट लिगलगायत संगठनमा आबद्ध व्यक्तिहरूले भिजिट भिसा प्रकरण, मानव बेचबिखन र देशद्रोहविरुद्ध भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले गृहमन्त्री लेखकको राजीनामा माग गरे । उनीहरूले ‘मानव तस्कार सरकार मुर्दावाद’, ‘गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक दुई खर्ब’जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

ट्रेण्डिङ