
१३ जेठ,काठमाण्डौ ।
प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ। विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखको राजीनामा मागेपछि प्रभावित भएको संसद भोलि ११ बजेसम्मका लागि स्थगित भएको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि प्रश्न उठेको भन्दै विपक्षी दलहरूले संसद अवरुद्ध पारेका थिए। उनीहरूले संसदमा नाराबाजी गर्दै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने, भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने लगायत माग गरेका थिए।सभामुख देवराज घिमिरेले केही समयका लागि बैठक स्थगित गरेर दलका प्रमुख सचेतकहरूसँग संसद खुलाउने विषयमा छलफल गरेको थियो। तर, बैठकमा विपक्षी दलहरू टसमस नभएको स्रोतले जानकारी दिएको छ।