हामीसँग जोडिनुहोस

आईपीएल क्रिकेटमा लखनउलाई हराउँदै बेङ्गलुरु पहिलो क्वालिफायरमा

1 मिनेट

काठमाडौं,१४ जेठ। 

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) पहिलो क्वालिफायरमा पुगेको छ ।

लखनउको घरेलु मैदानमा हिजो भएको खेलमा बेङ्गलुरुले लखनउलाई ६ विकेटले हराएको हो । लखनउले दिएको २ सय २८ रनको लक्ष्य बेङ्गलुरुले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

बेङ्गलुरुका कप्तान जितेश शर्माले अविजित ८५ रन बनाए । विराट कोहलीले ५४ रन जोडे । लखनउका विल ओरुकले २ तथा आवेस खान र आकाश सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । लखनउका कप्तान ऋषभ पन्तले अविजित १ सय १८ रन बनाए । तर टोलीको हार टार्न सकेनन् ।

बेङ्गलुरुका रोमारियो शेफर्ड, नुवान तुषारा र भुवनेश्वर कुमारले समान १ विकेट लिए । लखनउ यसअघि नै प्लेअफबाट बाहिरिसकेको थियो ।

विजयी बेङ्गलुरुले लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ । अब फाइनल प्रवेशका लागि बेङ्गलुरुले पन्जाब किङ्ग्ससँग खेल्नेछ ।

बेङ्गलुरुको जीतसँगै गुजरात टाइटन्सले इलिमिनेटर खेल्नुपर्ने भएको छ । गुजरातले मुम्बई इन्डियन्ससँग इलिमिनेटरमा खेल्नेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।