हामीसँग जोडिनुहोस

तोलामा १६ सयले घट्यो सुन,१ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार

1 मिनेट

काठमाडौं,१४ जेठ। 

 नेपाली बजारमा बुधबार सुनको भाउ १६ सय रुपैयाँले घटेको छ। मंगलबार २०० रुपैयाँले घटेको सुनको मूल्य आज तोलाकै १६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ  मंगलबार चाँदी प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २९७.१६ अमेरिकी डलर र चाँदी ३३.२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

ट्रेण्डिङ