हामीसँग जोडिनुहोस

भोलि हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानवअधिकार आयोगको आग्रह

1 मिनेट

काठमाडौं,१४ जेठ।

राष्ट्रिय मानवअधिकार आयोगले भोलि हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेलाई यस्तो आग्रह गरेको छ।आयोगले प्रदर्शनको क्रममा सुरक्षा संवेदनशीलतामा आउनसक्ने जोखिमको आँकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउन र मानवअधिकारका मूल्य मान्यतालाई ध्यान दिन सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गरेको छ।

‘राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेद्वारा २०८२ जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको सन्दर्भमा अपनाइने सुरक्षा सतर्कता सम्बन्धमा काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र जिल्ला प्रहरी प्रमुखहरूसँग आयोगमा आज छलफल भएको छ’, विज्ञप्तिमा उल्लेख छ।

छलफलका क्रममा प्रदर्शन शान्तिपूर्ण होस् र कुनै बाधा व्यवधान नआओस् भन्नेतर्फ सचेत रही सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको, शान्ति सुरक्षालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षानिकायबीच समन्वय गरिएको प्रमुख जिल्ला अधिकारीहरू एवं जिल्ला प्रहरी प्रमुखहरूले बताएका छन्।

यस्तै दुई पक्षबीच झडपको स्थिति आउन नदिन दुवै समूह एक आपसमा जम्काभेट नहुने गरी प्रबन्ध मिलाइएको,सञ्चारगृहलगायतका संवेदनशील स्थलको सुरक्षामा ध्यान दिइएको र सडकमा सहज आवागमनमा अवरोध हुन नदिन तथा सर्वसाधारणको सुरक्षालाई मद्देनजर गर्दै सुरक्षा रणनीति तयार पारिएको प्रमुख जिल्ला अधिकारीहरू एवं जिल्ला प्रहरी प्रमुखहरूले बताएका छन्।

आयोगले विभिन्न टोली बनाई भोलि १५ गते हुने प्रदर्शनको मानवअधिकारको कोणबाट अनुगमन समेत गर्ने जनाएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।