
काठमाडौँ,१५ जेठ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा विभिन्न राजावादी दल तथा संघ–संगठनले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएका छन् ।
राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ-संगठनले गणतन्त्र दिवसका दिन बिहीबार दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरु गर्ने तयारी गरेका छन् ।यसअघि सोही क्षेत्रमा नेकपा एमालेले कार्यक्रम गर्दैछ । एमालेको कार्यक्रम सकिएपछि राजावादीको कार्यक्रम हुनेछ ।
राजावादी समूहले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना तथा वर्तमान व्यवस्था खारेज नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएका छन् ।