हामीसँग जोडिनुहोस

विश्वकप लिग–टु मा नेपालसँग खेल्ने नेदरल्यान्ड्सकाे टोली घोषणा

1 मिनेट

काठमाडौँ,१५ जेठ ।

विश्वकप लिग–टु मा नेपालसँग खेल्ने नेदरल्यान्ड्सकाे टोली घोषणा भएको छ । नेदरल्यान्ड्स क्रिकेट बोर्डले स्कट एडवार्डसको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ ।  लिग–टुको आफ्नो चौथो राउन्डको खेलका लागि स्कटल्यान्डमा रहेको नेपाली टोलीले घरेलु टोली र नेदरल्यान्ड्ससँग खेल्ने छ ।

यही जेठ २१ र २७ गते नेपाल र नेदरल्यान्ड्सको खेल रहेको छ । लिग0ûटु मा ८ टोली सहभागी छन् । यो शृङ्खलाका क्रममा हरेक टोलीले हरेकसँग ३ खेल खेल्ने छ ।

लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउनेछन् ।

नेपाल १२ खेलमा ६ अङ्कका साथ लिगको पुछारमा रहेको छ । चौथो राउन्डमा नेपालसँग खेल्ने स्कटल्यान्ड १६ खेलमा २० अङ्कका साथ चौथो स्थानमा छ । नेदरल्यान्ड्स भने २० खेलमा २६ अङ्कका साथ दोस्रो स्थानमा छ ।

लिग–टु को खेलपछि असार १ गतेदेखि नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचमा त्रिकोणात्मक टी–ट्वान्टी शृङ्खला हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।