
=====================================
भक्तपुर, काठमाडौं र ललितपुरलगायतका बिभिन्न क्षेत्रबाट सहभागि हुने २५० साइकल यात्रीसंगै सुरु हुने यात्रा ब्रम्हायणी मन्दिर इथाचा–चुनदेवी मन्दिर, डाडाँपाटी–धाराकुलो फैडोका, कडेलापाला दक्षिणकाली मन्दिरसम्मको ६ किलोमिटरमा पुगेर भव्य स्वागत गर्ने कार्यक्रम रहेकोआयोजक संमूहका अध्यक्ष गिरीले बताउनुभयो । त्यहाँबाट पुन सुरु हुने यात्रा गिरी, बस्नेत, खड्का, छँुका टोल–देवी मा.वि. सौडोल–गचा, माथिल्लो खड्का, बुढाथोकी टोल, गोेठाले चौर (बस्नेत स्टोर)मा बिहानको नास्ता गरे पुन यात्रा अगनडि बढ्ने पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।
=====================================
भक्तपुर, ५ असार : नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्र ओझेलमा परेका ऐतिहासिक सम्पदा एवं पर्यटकीय गन्तव्यबारे पर्यटकलई जानकारी दिन आयोजना गर्न लागेको साइकलिङ तथा हाइकिङको तयारी पुरा भएको छ ।

चाँगुनारायण नगरपालिका–९ स्थित श्रीदक्षिणकाली युवा समूहले बिहिबार कमलविनायकमा आयोजना गरेको पत्रकार सम्मेलनमा समूहका अध्यक्ष सुरेशराज गिरीले साइकलिङ तथा हाइकिङ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । असार ७ गते शनिबार बिहान ७ बजे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको सिमानामा रहेको ब्रम्हायणीबाट साइकलिङ तथा हाइकिङ सुरु हुने उहाँले जानकारी दिनुभयो ।

साइकलिङ तथा हाइकिङले चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा सहयोग पुर्याई पर्यटन प्रवद्र्धनका लागि साइकलिङको आयाजना गर्ने तयारी पुरा गरेको उहाँले बताउनुभयो । विहान ६ः३० बजे प्रमुख चाँगुनाायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गरेसंगै सुरु हुने साइकलिङ तथा हाइकिङको नेतृत्व विश्वसाईकल यात्री एवं सगरमाथा आरोही पुस्कर शाहले गर्नु हुनेछ ।

भक्तपुर, काठमाडौं र ललितपुरलगायतका बिभिन्न क्षेत्रबाट सहभागि हुने २५० साइकल यात्रीसंगै सुरु हुने यात्रा ब्रम्हायणी मन्दिर इथाचा–चुनदेवी मन्दिर, डाडाँपाटी–धाराकुलो फैडोका, कडेलापाला दक्षिणकाली मन्दिरसम्मको ६ किलोमिटरमा पुगेर भव्य स्वागत गर्ने कार्यक्रम रहेको आयोजक संमूहका अध्यक्ष गिरीले बताउनुभयो ।
त्यहाँबाट पुन सुरु हुने यात्रा गिरी, बस्नेत, खड्का, छँुका टोल–देवी मा.वि. सौडोल–गचा, माथिल्लो खड्का, बुढाथोकी टोल, गोेठाले चौर (बस्नेत स्टोर)मा बिहानको नास्ता गरे पुन यात्रा अगनडि बढ्ने पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

त्यहाँबाट पुनः अगाडि बढ्दै ताथली पुल, नालाछाप चिलाउने घारी–अमलडोल (नाला मुम्बा, गुम्बा, पुजारीपाटी–चट्टान अभिलेख, खावा भ्यू टावर, नाला भ्यू टावर, कलससी–ठूली ब्रम्हायणी मन्दिर, सुडाल बनमाला, राउत, खत्री, खड्का टोल–विन्दबासिनी मन्दिर, साखकर्मी टोल, फैढोकासम्मको २५ किलोमिटर यात्रा सम्पन्न गरिने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक दिपक खड्काले साइकलिङ तथा हाइकिङ यात्राले यहाँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि गर्ने लक्ष्य रहेको बताउनुभयो ।

साइकलिङ तथा हाइकिङका व्यबस्थापक नविन बस्नेतले आजसम्म नाम दर्ता गर्ने २५० जनाभन्दा बढीले फाराम भरेर सहभागिता जनाउने भएका छन् । प्रत्येक सहभागिलाई ५० हजार बराबरको दूर्घटना बिमाको व्यबस्था गरिएको बताउनुभयो । साइकलिङ गर्दा हुने दुर्घटना वा स्वास्थ्य सेवाको लागि नेपाल रेडक्रस सोसाइटी ताथली उपशाखा, भक्तपुरसँग समन्वय गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयका सदस्य सचिव एवं चाँगुनारायण नगरपालिकाका पर्यटन शाखा प्रमुख गोविन्द कटेलले नगरकोट भ्रमण वर्ष २०८२ सालको चैतसम्म चल्ने बताउनुभयो । उहाँले भ्रमण वर्ष अबधीभर १० लाख आन्तरिक पर्यटक र एक लाख बाह्य पर्यटकहरुको आगमन गराउने लक्ष्य रहेको बताउदै नगरपालिका क्षेत्र भित्रका नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पुरानाको संरक्षण र प्रत्येक गन्तव्यमा पर्यटक पुर्याउने लक्ष्य रहेको बताउनुभयो । कार्यक्रम सञ्चालक सञ्चारकमीृ हरिसुन्दर छुँकाले कार्यक्रमबारे बिस्तृत जानकारी गराउनु भएको थियो ।
