
भक्तपुर, ६ असार. : भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा आजदेखि तीनदिने भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु भएको छ ।
भक्तपुरमा पर्यटन प्रबद्र्धन गर्ने, यहाँका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने, भक्तपुरको मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरु, माटोको भाडोहरु पौवा चित्रहरु, लत्ताकपडाहरु, बिभिन्न जातका बिरुवाहरु, खाद्यान्नहरुको प्रर्दशनी गरिएको संघका महासचिव नविन प्रजापतिले जानकारी दिनुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले आजबाट सुरु भएको तीनदिने मेलामा करिव ५५ हजारले अवलोकन गर्ने अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो ।
मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु, मेलामा स्थानीय खानाका स्टलहरु, रहेको महासचिव प्रजापतिले बताउनुभयो ।

स्थानीय सीप हस्तान्तरण तथा जगेर्ना गर्ने उद्देश्यले हस्तकलाका सामग्री निर्माण, पौभा पेन्टिङ, मुकुण्डो बनाउने, माटोका भाडाकुँडा बनाउने, चित्रकल, मूर्ति बनाउने कार्य प्रत्यक्ष रुपमा प्रदर्शनी हुने बताउदै उहाँले मेलामा बालबालिकाहरुलाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

मेलामा भक्तपुर, लगायत काभ्रे र काठमाडौंबाट आएका उद्यमीलगायतको ४५ वटा स्टर रहेको जानकारी दिदै संघका रुकेश रंजितले मेलामा रु. एक करोडसम्म बीमा व्यवस्था गरिएको बताउनुभयो । आज मेलास्थल कमलविनायकमा आयोजना गरेको उद्घाटन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले मेलाको उद्घाटन गर्नु भएको हो ।

