हामीसँग जोडिनुहोस

भक्तपुर–ताथली–नालागढीँ २५ किलोमिटर लामो साइकलिङ यात्रा सम्पन्न 

3 मिनेट
भक्तपुर, ७ असार : नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा ओझेलमा परेका ऐतिहासिक सम्पदा एवं पर्यटकीय गन्तव्यको विश्वमा प्रचार गर्ने उदेश्यले आज आयोजना गरेको २५ किलोमिटर लामो साइकलिङ एवं हाइकिङ्ग यात्रा सम्पन्न भएको छ ।  चाँगुनारायण नगरपालिका–९ स्थित श्रीदक्षिणकाली युवा समूहले आज बिहान भक्तपुरको ब्रम्हायणी मन्दिरमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गर्नु भएको साईकल यात्रा आज साँझ ताथलीको फैढोकामा आएर सम्पन्न भएको हो ।
ब्रम्हायणी मन्दिरबाट सुरु भएको २७६ जना सहभागि साईकलिङ यात्रा इथाचा–चुनदेवी मन्दिर—डाडाँपाटी–धाराकुलो– फैढोका–कडेलापाखा –दक्षिणकाली मन्दिर गिरी, बस्नेत, खड्का, छुकां टोल–देवी मा. वि. सौडोल–गचा– माथिल्लो खड्का, बुढाथोकी टोल –गोठाले चौर (बस्नेत स्टोर) – ताथली पुल–नालाछाप– चिलाउने घारी–अमलडोल (नाला गुम्बा– पुजारीपाटी– चट्टान अभिलेख–हर्षपुर–खावा भ्यू टावर– ताथली गढीमा (हाइकिङ) –कलमसी–ठूली ब्रम्हायणी मन्दिर–सुडाल–बनमाला, राउत, खत्री, खड्का टोल–विन्दबासिनी मन्दिर– वाइसिएल मार्ग – दर्जी टोल–साखकमी टोल–जनकपुर इन्जिनियरिङ कलेज हुँदै २५ किमीको दूरी पार गरेको सम्पन्न भएको व्यबस्थापक नविन बस्नेतले जानकारी सदनुभयो ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरपालिका क्षेत्रमा रहेका सम्पदालाई विश्वस्तरमा पुर्याउनका लागि नगरकोट भ्रमण वर्ष २०८२ घोषणा गरिएको बताउदै युवा पुस्ता सक्रिय भएर लागे पर्यटनको विकासम ात्रै नभई समग्र आर्थिक एवं भौतिक विकासमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका–९ का वडा अध्यक्ष गणेश त्यात, नगरकोट भ्रमण वर्ष २०८२ का विज्ञ डा.घनश्याम खतिवडा लगायतले ताथलीमा विश्वकै दुर्लभ चट्टान अभिलेख, ऐतिहासिक नालागढीँ रहेको बतउदै यस्ता ऐतिहासिक क्षेत्रम स्वदशी विदशी पयएटकलाइ आकर्षक गन्तव्य बनाउनु पर्ने बताउनुभयो ।
साईकलिङमा सहभागि विश्व साईकलयात्री एवम् सगरमाथा आरोही पुष्कर शाहले ताथलीका विभिन्न स्थानमा साईकलिङ गर्न पाउँदा बेग्लै अनुभव गर्न पाएको बताउदै ताथलीका विभिन्न स्थान, सम्पदा र जनजीवन, प्राकृतिक मनोरम दृष्यसँग साक्षात्कार गर्दै शहरको कोलाहलबाट मुक्त भई मन आनन्दित बनाउन सफल भएको बताउनुभयो ।
ताथलीको हरियाली फाँट, उकाली ओराली, वनजङ्गल, ताथलीवासीको आतिथ्यले आफूलाई आकर्षण गरेको बताउँदै साईकल यात्री मचाकाजी महर्जनले काठमाडौं उपत्यकाको नजिकैको साईकलिङ र हाईकिङको रूपमा ताथली उत्कृष्ठ रहेको अनुभूति रहेको बताउनुभयो ।  साईकलिङमा सहभागी काठमाडौं साईकल सिटीका प्रेसिडेन्ट सन्जय बलामीले ताथली विभिन्न सम्पदा लुकेको सौन्दर्यको खानी भएको बताउदै ताथली– नाला सडकका भित्री बस्तीहरू अर्गानिक ठाउँको रूपमा अनुभव गर्न पाएको बताउनुभयो ।
यात्रामा साँखु, काठमाडौं, कीर्तिपुर, ललितपुर, पांगा, काभ्रे, धुलिखेल, पोखरा, भक्तपुरका विभिन्न स्थानका साथै फ्रान्सेली नागरिक समेतको सहभागितामा रहेको थियो भने लोक गायिका आशा लामा, कलाकार अनुश्री परियारले बिभिन्न प्रस्तुति दिनु भएको थियो । साईकल यात्रीहरूले हलालगाउँ (हर्षपुर) स्थित नालागढीसम्म हाईकिङ गर्दा एकदमै आनन्दित बनाएको सहभागि यात्रीहरुले बताएका थिए ।
कार्यक्रममा कलाकार सम्राट सापकोटा, ब्रेभ राइडर कमला पुनः फरक क्षमताका साईकलिष्ट पुरूषोत्तम साहुखललगायतलाई कार्यक्रम समापन जनप्रतिनिधिहरुले प्रमाण पत्र एवं मायाको चिनो वितरण गर्नु भएको सथयो ।
चाँगुनारायण नपाका प्रवक्ता एवम् वडा अध्यक्ष जनक खत्री, चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धनबहादुर लामा, वडा नं. ७ का वडा अध्यक्ष श्यामकृष्ण नायजु, वडा सदस्यहरु कमला गिरी (भारती), विद्यापति थापा र रविन बासुकलालगायतले मायाको चिनो वितरण गर्नु भएको थियो । सञ्चारकर्मी हरिसुन्दर छुकांद्वारा सम्पादित ’हाम्रो ताथली’ पत्रिकार विमोचन गरिएको थियो ।
कार्यक्रममा आयोजक समूहका अध्यक्ष सुरेशराज गिरीले ओझेलमा परेको पर्यटकीय क्षेत्रकोबारेमा साइकल यात्रीहरुलाई जानकारी दिदै यसको विश्वव्यापी प्रचार गर्न साइकलिङ तथा हाइकिङ कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।