
भक्तपुर, ९ असार ः भक्तपुरबाट प्रकाशित हुदै आइरहेको त्रिपुरा न्यूज साप्ताहिकले बेवारिसे शव व्यबस्थापन गर्दै आउनु भएका समाजसेवी विनयजंग बस्नेतलाई नगद रु. ५० हजार पुरस्कार सहित सम्मान गरेको छ ।
आज भक्तपुरस्थित संघीय सांसद दूर्लभ थापाको सचिवालयमा आयोजना गरेको पुरस्कार प्रदान कार्यक्रममा उहाँलाई सांसद थापाले नगद रु. ५० हजार प्रदान गर्दै सम्मान गर्नु भएको हो ।
त्रिपुरा न्यूज साप्ताहिकले यसवर्ष अयोजना गरेको १० औं एकल गजल साँझमा टिकट बिक्रीबाट बचत भएको रकममध्येबाट शव व्यबस्थापनमा सहयोग पुर्यउने उदेश्यले समाजसेवी बस्नेतलाई नगरसहित सम्मान गरिएको साप्ताहिकका प्रकाशक एवं प्रधान सम्पादक विकास प्रहरले जानकारी दिनुभयो ।
नगरकोट भ्रमण बर्षको अबसरमा गायक तथा संगीतकार राजसागर र गजलकार बिकास प्रहरको संयुक्त प्रस्तुति दशौं एकल गजल साँझमा घोषणा गरिए अनुरुप रु. ५० हजार सहित उहाँलाई सम्मान गरिएको प्रहरले जानकारी दिनुभयो ।
सम्मानित बस्नेतले आफूले करिब सात बजार बेवारिसे शव ब्यबस्थापन गरिसकेको जानकारी दिदै समाजलई लागू औषध मुक्त बनाउने अभियानमा पनि आफू लागिरहदाँ पत्रकारबाट पाएको सहयोगले थप हौसला प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा सांसद थापाले बेवारिसे शव व्यबस्थापन गर्नु आफैमा चुनौती भइरहको अबस्थामा बिवेकले पुर्याएको योगदानलाई राज्यले पनि कदर गर्दै सहयोग गर्नु पर्ने बताउनुभयो ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






