
काठमाडौं,श्रावण २६ । दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी भएको छ । गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा शनीवार राती अपरिचीत समुहले आगजनि गरेको हो । आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले निभाएका थिए ।
यस्तै शनिवार राती कपीलबस्तुको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी भएको छ । सदरमुकाम तौलिहवामा पार्किङ गरि राखिएको गाडीमा राति १०.३० बजेतिर आगजनी भएको हो ।
आगजनी किन र कसले र्गयो भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताउनुभयो । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।