हामीसँग जोडिनुहोस

कोशी टप्पुमा मरेका चौपायामा प्राणघातक रोग एन्थ्रेक्सको जिवाणु भेटियो

1 मिनेट

सुनसरी, २७ श्रावण । कोशी टप्पु वन्यजन्तु आरक्षको चरण क्षेत्रमा मरेका चौपायामा प्राणघातक रोग एन्थ्रेक्सको जिवाणु फेला परेको छ । आरक्षको घाँसे मैदानमा बिहीबार मरेका ४४ वटा चौपायाको रगतको नमुना परीक्षणका क्रममा एन्थ्रेक्सको जिवाणु भेटिएको हो । पशु रोग अन्वेषण प्रयोगशाला बिराटनगरका डाक्टर संजयकुमार यादवले आरक्ष क्षेत्रमा मरेका चौपायाको रगतको नमुना परीक्षणका क्रममा स्वाइल वर्न डिजिज अर्थात एन्थ्रेक्सको जिवाणुु फेला परेको जानकारी दिनुभयो ।

यो जिवाणु माटोमा रहने र घाँसको तल्लो भागसम्मै खाने पशुहरुमा सहजै रोग सर्ने गर्दछ । मरेका पशु छुँदा, स्वास लिँदा र जिवाणु रहेको स्थानको वरपर घाउचोट लागेका मानिस पुग्दा जिवाणु शरीरमा प्रवेश गर्न सक्ने सम्भावना रहने पशु चिकित्सकहरुले बतएकाच छन् । बिराटनगरमा रहेको ल्याबबाट परीक्षणका क्रममा एन्थ्रेक्स प्रमाणित भैसकेको बताउँदै डाक्टर यादवले त्यही अनुरुपको रिपोर्ट केन्द्रीय ल्याब काठमाण्डौंमा पठाइएको बताउनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।