काठमाडौं, श्रावण ३० । राष्ट्रिय बाणिज्य बैैंकले गत वर्ष १० अर्ब २२ करोड ९५ लाख ११ हजार ४ सय ८८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । चौथो त्रैमासमा मात्रै बैंकले २ अर्ब ८४ करोड ९७ लाख २९ हजार ९ सय ७३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो बर्ष बैंकले ९ अर्ब ११ करोड ४२ लाख २९ हजार १ सय ९६ रुपैयाँ ब्याज आम्दानी गरेको थियो । बैंकले ५ अर्ब ३२ करोड ८३ लाख ७१ हजार ६६२ रुपैयाँ खुद नाफा गरेको छ । यो अघिल्लो बर्षको तुलनामा ४५.६१ प्रतिशतले नाफा बृद्धि गरेको हो । अघिल्लो बर्ष बैंकले ३ अर्ब ६५ करोड ९२ लाख ६७ हजार १ सय ७२ रुपैयाँ नाफा गरेको थियो । बैंकले सर्वसाधारणतर्फ १ खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख ४४ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
यस्तै १ खर्ब ९० अर्ब ३ करोड १४ लाख ७१ हजार निषेप संकलन गरेको छ । बैंकको सिडि रेसियो ७२.७८ प्रतिशत छ ।