
रौतहटमा बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न गएका पूर्वप्रधानमन्त्री माधव नेपालसहित नेपाल सरकारका मन्त्रीको टोली पीडितलाई नै नभेटी फर्किएका छन् ।
मन्त्रीहरूले हेलिकप्टरबाटै निरीक्षण गरेको तर भुईंमा ओर्लिएर डुबान पीडितको पीरमर्का नसुनेको भन्दै स्थानीयले दुखेसो गरेका छन् ।

डुबानमा परेका जिल्लाको अवस्था बुझ्न भन्दै पूर्वप्रधानमन्त्री नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, प्रतिनिधि सभाको विकास तथा प्रविधिक समितिकी संयोजक कल्याणी कुमारी खड्कालगायतको टोली रौतहटको गौर नगरपालिका पुगेको थियो ।
उक्त टोली सेनाको हेलिकप्टरबाट गौरस्थित इन्द्रबक्स गणमा पुगेर त्यहीँबाट फर्किएको हो । मन्त्रीको टोलीले हेलिकप्टरबाटै डुबान प्रभावित क्षेत्रको अवलोकन ग¥यो ।
मन्त्रीहरूले रौतहटका सुरक्षा अधिकारी तथा नेताहरूसँग त्यहाँको वस्तुस्थितिबारे जानकारी लिए र स्थानीय सुरक्षा अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाले विपदबाट जोगाउनका गर्नुपर्ने तयारी गर्न निर्देशन समेत दिए ।

Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






