हामीसँग जोडिनुहोस

डुबान प्रभावित जिल्ला पुगेर पीडित नै नभेटी फर्किए मन्त्रीहरू

1 मिनेट

रौतहटमा बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न गएका पूर्वप्रधानमन्त्री माधव नेपालसहित नेपाल सरकारका मन्त्रीको टोली पीडितलाई नै नभेटी फर्किएका छन् ।
मन्त्रीहरूले हेलिकप्टरबाटै निरीक्षण गरेको तर भुईंमा ओर्लिएर डुबान पीडितको पीरमर्का नसुनेको भन्दै स्थानीयले दुखेसो गरेका छन् ।

डुबानमा परेका जिल्लाको अवस्था बुझ्न भन्दै पूर्वप्रधानमन्त्री नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, प्रतिनिधि सभाको विकास तथा प्रविधिक समितिकी संयोजक कल्याणी कुमारी खड्कालगायतको टोली रौतहटको गौर नगरपालिका पुगेको थियो ।
उक्त टोली सेनाको हेलिकप्टरबाट गौरस्थित इन्द्रबक्स गणमा पुगेर त्यहीँबाट फर्किएको हो । मन्त्रीको टोलीले हेलिकप्टरबाटै डुबान प्रभावित क्षेत्रको अवलोकन ग¥यो ।
मन्त्रीहरूले रौतहटका सुरक्षा अधिकारी तथा नेताहरूसँग त्यहाँको वस्तुस्थितिबारे जानकारी लिए र स्थानीय सुरक्षा अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाले विपदबाट जोगाउनका गर्नुपर्ने तयारी गर्न निर्देशन समेत दिए ।

रौतहटमा बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न गएका पूर्वप्रधानमन्त्री माधव नेपालसहित सरकारका मन्त्रीको टोली ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।