
काठमाडौं,४ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले बृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले बृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको बताउनु भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा उहाँले विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहाना पूरा हुन नसकेको उल्लेख गर्दे प्रधानमन्त्री ओलीले जिद्दीपना र अडानलाई छोडेर तर्कहरुलाई संविधानले सम्मान गरेको दावी गर्नुभयो ।
यस्तै आफ्नो स्वास्थ्यका बारेमा बाहिर आइरहेका चर्चा र परिचर्चाको खण्डन गर्दै प्रधानमन्त्री ओलीले विरोधीलाई चुनौतिपूर्ण जवाफ दिनुभयो । कसैकसैले आफुलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौति दिनुभयो । उहाँले आफू अझै १५ वर्ष मैदानमै रहने उद्घोष पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘अचम्म लाग्छ । मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न भन्न चाहन्छु । आउँदो चुनाव टफ हुनेछ । अस्तित्व रक्षाको लडाइँ अहिलेदेखि नै सुरु गरे हुन्छ । यो मैले किन भनेको भनेँ, मरिहालोस् भनेर खुब प्रचार गरेको हुनाले फेरि पछि निराश होलान् कि भनेर । उहाँले भन्नुभयो । त्यसकारण पूजा अर्चना, प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ ।’