२०७६ भाद्र ५, काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड भर्ने समय आज बैकिङ समय भित्र आवेदन दिइसक्नुपर्नेछ । पहिलो चरणको निर्धा्रित समयमा साउन १२ गतेसम्म म्युचुअल फन्ड नबिकेपछि आवेदन दिने समय लम्ब्याइएको थियो । यसलाई एनआइसी एसिया क्यापिटलले व्यवस्थापन गरेको छ ।
साउन ८ गते बाट ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ नाममा १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड निष्कासन गरिएको हो । यसमध्ये सर्वसाधारणले १० करोड ६२ लाख ५० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । यस्तै, बिज पुँजी बापत १ करोड ७५ लाख इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंक र १२ लाख इकाई कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटललाई सुरक्षित गरिएको छ । सर्वसाधारणले प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ७५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।
Related
अन्य समाचार
-
मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को मारेको छ : नगर प्रमुख सुरेन्द्र श्रेष्ठ
-
सूर्यविनायक र बेथानचोकका स्वास्थ्यकर्मीलाई तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम, गाउँ गाउँमा प्राथमिक उपचारको तालिम पुर्याउने
-
पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिहरुको राष्ट्रिय भेला तत्काल बोलाउन नेपाली कांग्रेसका नेताहरूको माग

1 मिनेट