
१९ भाद्र २०७६७ । पोखरामा डेंगुको संक्रमण नियन्त्रण भन्दा बाहिर छ। कास्कीसहित देशका ४० वटा भन्दा धेरै जिल्लामा डेंगुको संक्रमण फैलिएको छ। पोखरामा डेंंगु फैलाउन सक्रिय लामखुट्टे एजिप्ट एजिप्टआईको दुबै प्रजाती सक्रिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक रमेशप्रसाद अधिकारीले जानकारी दिए । ‘डेंगु सार्ने एडिस एजिप्टआई लामखुट्टे पोखरामा सक्रिय छ । यसको नेपाली नामाकरण टाइगर मस्क्यूटो राखिएको छ,’ उनले भने, ‘यो लामखुट्टे अरु भन्दा फरक छ। यो लामखुट्टेले बाघले जसरी नै एक्कासी आएर टोक्ने, एउटालाई टोकेपछि अर्काे, अर्काेलाई टोक्दै जाने गर्छ । अरु लामखुट्टेहरु एकपटक टोकेर रगत चुसेपछि अरुलाई टोक्दै हिँड्दैन।’ डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो ।