हामीसँग जोडिनुहोस

श्रमजीवी महिला तथा बालकल्याण परिषद् २५औं बर्षमा

1 मिनेट

२३ भाद्र २०७६, भक्तपुर । बाल कल्याण परिषदले २४ बर्ष पूरा गरी २५औं बर्षमा प्रवेश गरेको अवसरमा ‘महिला क्यान्सर रोग सम्बन्धी प्रशिक्षण कार्यक्रम’ को आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय थममाया थापाले खानपिन र जीवनशैलीमा ध्यान पु¥याउन सके क्यान्सरबाट बच्न सकिने विचार व्यक्त गर्नुभयो। उहाँले यस प्रकारका चेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नसके क्यान्सरबाट बच्न र बचाउन सकिने विचार व्यक्त गर्नुभयो। मन्त्री थापाले २०६३ जेष्ठ १६ गते तत्कालिन संसदबाट ४ वटा विधेयक पास गरी महिला हिंसाको अन्त्य गर्ने, आमाको नामबाट नागरिकता पाउने, सबै तहमा ३३% महिलाहरुको सहभागिता हुनुपर्ने आदि महिला अधिकार प्राप्त भएको सम्झनामा आगामी जेष्ठ १६ गते लाई ‘महिला अधिकार दिवस’ को रुपमा मनाउने मन्त्रिपरिषद्बाट पारित भएको समेत जानकारी दिनुभयो।
त्यस्तै महिला हिंसा न्यूनीकरण गर्नको लागि यो बर्षलाई महिला अभियान बर्षको रुपमा मनाउने पनि उहाँले जानकारी दिनुभयो। कार्यक्रममा परिषदकी केन्द्रीय अध्यक्ष रञ्जु नापितले विगत २५ बर्षदेखि सुलभ तरिकाले स्वास्थ्य उपचार सेवा पु¥याउँदै आएको क्रियाशिल संस्था भ्याली हेल्थ तथा रिसर्च सेन्टरले भिडियो एक्सरे, एक्स–रे, ल्याब, इसीजीलगायत प्याप सिमर (एबउ क्mभबच) सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो। कार्यक्रममा जिल्ला समन्य समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुवँर, सूर्यबिनायक नगरपालिकाका उपमेयर जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका उपमेयर बिना बास्तोला, बरिष्ठ क्यान्सर तथा छातिरोग विशेषज्ञ डा.मदनकुमार पियालगायतले अहिले पुरुष भन्दा पनि महिलाहरुमा क्यान्सर रोग धरै देखापरेको हुनाले महिलाहरुलाई क्यान्सर सम्बन्धी चेतान अभिवृद्धि गरी समयमै उपचार गराउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा डा.मदन कुमार पियाले प्रशिक्षण दिनुको साथै महभागीहरुले गर्नुभएको जिज्ञासालाई समाधान गर्नुभयो। कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत २०० जनाभन्दा बढी महिलाहरुको सहभागिता थियो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।