
२५ भाद्र २०७६ । तेस्रो पूर्वाधार सम्मेलन बुधबारदेखि राजधानीमा सुरु भएको छ । नेपाल उद्योग परिसंघको आयोजनामा होटल ह्यातमा सम्मेलन सुरु भएको हो ।
परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदायसमेतको सहकार्यमा आयोजना गरिएको सम्मेलनलाई गत वर्ष सम्पन्न लगानी सम्मेलन २०१९ को फलोअपको रूपमा हेरिएको छ । लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउनसमेत यो सम्मेलन उत्प्रेरक हुने अपेक्षा गरिएको छ ।