हामीसँग जोडिनुहोस

पुलुकिसी अर्थात ऐरावत हात्ती लगायतका जात्रा बाट सम्पन्न

1 मिनेट
PIC: Mukunda Bhuju

२ असोज भक्तपुर, भक्तपुर |  भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी अर्थात ऐरावत हात्ती जात्रा भक्तपुरमा मनाईएको छ ।
स्थानीय लाकुलाछेंटोलबाट भएको पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा, नासमना, वंशगोपाल इटाछे, दरबारस्क्वायर, त्रिपुरासुन्दरी, चोछें, भोलाछें, नागपोखरी, गछें, सूर्यमढी, तचपाल, गोलमढी, सुकलढोकालगायतका स्थानको परिक्रमा गरि मनाईएको छ ।
भक्तपुरको लाकुलाछें टोलका बासिन्दाले बाँसको मान्द्रोले तयार गरेको पुलुकिसीलाई निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँढ राखी बनाइएको पुलुकिसीलाई स्थानीय टौमढीमा रहेको आकाश भैरवलाई बलिसहितको पूजा दिएपछि जात्रा शुरु गर्ने परम्परा छ ।
पुलुकिसी आउँदा आफू आएको संकेत दिन पुलुकिसीको तल घण्टा झुण्ड्याएर आउने गरिन्छ । जात्रामा पुलुकिसीलाई नगर परिक्रमा गराउँदा चारजना मानिसले बोक्ने र एकजनाले पुलुकिसीको तल घण्टा बजाएर आउने गर्छ ।
जात्राको क्रममा पुलुकिसीलाई वंशगोपालमा धान खुवाउने, टौमढी र दरबार स्क्वायरमा आगो तपाउने, सूर्यमढीको तला तुन्छी अर्थात इनारमा पानी खुवाउने परम्परा रहेको छ ।
देवराज इन्द्रका विश्वासिलो सेवक पुलुकिसीलाई ऐरावत हात्तीको रुपमा लिने भएकाले यसलाई ऐरावत हात्ती जात्रा पनि भन्ने गरिन्छ । जात्राको क्रममा पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार जात्राको समय पुलुकिसी आउँदा सुँढले छुन्छकी भनी मानिस परपर बस्ने गर्दछ ।
पुलुकिसी जात्रासँगै आजै आकाश भैरवको खट जात्रा, याँमता (आकासे बत्ती) र तीन दिन मनाइने मूपात्र जात्रासमेत आजबाट सम्पन गरिन्छ । जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उसका सहयोगीलाई कुनै बात नलाग्ने स्थानीय बासिन्दा बताउँछ । त्यही भएर पुलुकिसी जात्राबीच बाटोमा पुगेपछि मात्र मूपात्र जात्रा संचालन गरिन्छ ।
देवीपुराण गन्थ्रअनुसार इन्द्रजात्रासँग सम्बन्धित यस पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाइने गरेको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।