हामीसँग जोडिनुहोस

मूर्त–अमूर्त कला–संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गरौ–बिजुक्छे

1 मिनेट

१ असोज २०७६ भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कलाको राज्य भक्तपुरको मूर्त–अमूर्त कला–संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनु भएको छ ।

आज नेपाल क्रान्तिकारी डकर्मी संघको तेस्रो भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै बिजुक्छेँले मौलिक तथा पुराना घर र सम्पदाहरूको निर्माणका सीप र प्रविधिहरू नयाँ पुस्तामा पुस्तान्तरण हुननसके मासिने बताउनुभयो ।

उहाँले भक्तपुरको मूर्त–अमूर्त कला–संस्कृतिका कारण भक्तपुर घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढिरहेको चर्चा गर्दै कालिगढहरूले नयाँ नयाँ प्रविधि र निर्माणबारे सिक्न अभिप्रेरित गर्नुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भवन निर्माण र अन्य व्यापारका कामहरूमा भारतीय कामदार र लगानीकर्ताको संलग्नता बताउदै नेपाली कामदारहरू बिस्तारै बिस्थापित हुने खतरा बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।