
नारायण थापा
२ असोज २०७६, भक्तपुर । शंखधरचोक मध्यपुर थिमि ४ मा रहेको बालकुरमारी बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले प्रतयेक सहकारीको सम्पत्ति सुद्धिकरण गर्नुपर्ने बताउदैं एक व्यक्ति एक सहकारीको अवधारणालाई अपनाउनुपर्ने बताउनुभयो । उहाँले समुदायमा आधारित रहेर सहकारी संचालन गर्न सके समुदायका नागरिकद्धारा समुदायकै आर्थिक स्तर बढाउन सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष डि.बि. बस्नेत, मध्यपुर थिमि नगपालिका वडा नं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ, जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष महेश बस्नेत, भक्तपुर जिल्ला बचत तथा ऋण हिकार िसंघका अध्यक्ष हरि बल्ल लगाएतले सहकारीमा देखिदै आएका समस्या स्थानीय तह, प्रदेश र संघका सहकारी ऐनमा देखिएका केहि विभिन्न समस्याहरुले गर्दा सहकारी क्षेत्रमा अन्यौलता भएको उल्लेख गर्दै एक व्यक्ति एक सहकारीको अवधारणलाई अपनाउनुपर्ने कुरामा जोडदिनुपर्ने बताउनुभएको थियो ।
संस्थाका अभ्यक्ष तुईलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको बन्द सत्रले सचिब पृथ्वीराम श्रेष्ठद्धारा प्रस्तुत प्रगरि प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष सुदिप श्रेष्ठद्धारा प्रतुत आर्थिक प्रतिवेदन तथा अनुमानित बजेट पारित गरेको छ ।
त्यस्तै बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.को २० औं स्थापना दिवसको अवसरमामा सो संस्थाको आयोजना र भक्तपुर रक्त सञ्चार केन्द्रको सहयोगमा शंखधर चोकमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा १०० जना रक्तदाताले रक्तदान गरेको आयोजक संस्थाले जनाएको छ । उक्त रक्तदान कार्यक्रममा रक्तदान गरेका रक्तदाताहरुलाई सोही संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले प्रमाण–पत्र तथा टीसर्ट प्रदान गर्नुभएको थियो । विगत लामो समयदेखि उक्त संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो स्थापना दिवसको अवसर पारेर सो संस्थाले रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको सोही संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
१९ वर्ष अगाड स्थापना भएको उक्त संस्थामा आर्थिक वर्ष २०७५ र ०७६ मा सदस्य ५ हजार , शेयर पूँजी रु. ८ करोड ४७ लाख ६१ हजार ३ सय , बचत संकलन रु. १ अर्ब १८ करोड २३ लाख ४३ हजार तथा ऋण लगानी ९५ करोड २२ लाख २७ हजार ,नाफा १ करोड ६७ लाख २४ हजार र जगेडा तथा अन्य कोष ४ करोड २ लाख १५ हजार रहेको संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।