
संविधान दिवसको अवसरमा सुन्दर यातायातले काठमाडौंमा निःशुल्क बस सेवा दिएको छ । शुक्रबार काठमाडौँको रिंगरोडको रुटमा चलिहरेका आफ्ना विद्युतीय बसले संविधानसभाबाट संविधान जारी भएको सुखद् दिनको सम्झनामा निःशुल्क सेवा दिएको कम्पनीले जनाएको छ । सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि गत भदौ २३ गतेबाट निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको थियो ।